डागीहाट युथ क्लबलाई हराउदै रारा फुटबल क्लब सेमीफाईनलमा प्रवेश – Satabdi News

डागीहाट युथ क्लबलाई हराउदै रारा फुटबल क्लब सेमीफाईनलमा प्रवेश

कार्तिक १४, बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप २०७८ मा आइतबार भएको अन्तिम क्वाटर फाइनल खेलबाट डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग र रारा फुटबल क्लब धनकुटा बिच भएको थियो । प्रतियोगितामा डाँगीहाट युथ क्लबलाई १ का विरुद्ध २ गोलले हराउँदै रारा फुटबल क्लब धनकुटा सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा रारा फुटबल क्लब धनकुटाका ग्लोरीले १० औं मिनेटमा गोल गरेर खाता खोले पनि आयोजक क्लब डाँगिहाटका सन्तोष न्यौपानेले ३१ औं मिनेटमा १ गोल गर्दै खेल बराबरीमा पुराएका थिए ।

ग्लोरीले कर्ण लिम्बुको पासमा उत्कृष्ट गोल गर्न सफल भए भने सन्तोषले एकल प्रयासमा गोल गरेका थिए । अन्तिम थप गरेको २ मिनेटमा रारा फुटबल क्लबका योगेश गुरुङले सेन्टरमा पाएको गोलमा वान भर्सेस वनमा गोल गर्दै रारा फुटबल क्लबलाई विजयी गराए ।

आयोजकले विपक्षीको पोस्टमा दबाब सिर्जना गर्न सकेता पनि आयोजकका कासिम राईले प्रहार गरेको बल पटक पटक बाहिरिएको थियो । कडा प्रतिस्पर्धाका बिच खेल भए पनि आयोजक क्लब डाँगिहाटले बाजी मार्न सकेन ।

प्रतियोगितामा खेलको म्यान अफ द म्याच रारा फुटबल क्लब धनकुटाका बुद्ध चेम्जोङ घोषित भए । लामाले नगद ५ हजार ५ सय र ट्रफि पुरस्कर पाएका थिए ।

भोलि अर्थात कार्तिक १५ गते हुने पहिलो सेमिफाइनल खेल हिमालयन शेर्पा क्लब काठमाण्डौं र रोलिङ क्लब धुलाबारी झापाबिच प्रतिस्पर्धा हुने आयोजक डाँगीहाट यूथ क्लबका अध्यक्ष विक्रम बान्तवा राईले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "डागीहाट युथ क्लबलाई हराउदै रारा फुटबल क्लब सेमी..." A few seconds ago

सम्बन्धित खवर