बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा, एकीकृत समाजबादीका पाण्डे मुख्यमन्त्री बन्ने पक्का – Satabdi News

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा, एकीकृत समाजबादीका पाण्डे मुख्यमन्त्री बन्ने पक्का

१० कात्तिक, हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छिन्। बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै शाक्यले बैठकमै राजीनामा दिएकी हुन्। शाक्यले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

२ भदौमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको बैठकमा दलको नेताबाट राजीनामा दिएपछि बहुमत दलको आधारमा शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन्। बागमती प्रदेशसभामा १०९ सदस्यमध्ये मुख्यमन्त्री शाक्यलाई नेकपा एमालेका ४३ सांसदको समर्थन छ । २७ भदौमा १३ जना सांसदले नेकपा (एकीकृत समाजवाद) रोजेपछि शाक्य अल्पमतमा परेकी थिइन्। उनले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिने प्रक्रियाअन्तर्गत मत विभाजन हुने तय भए पनि सम्बोधनलगत्तै राजीनामा दिएर विश्वाको मत फेस गर्नबाट पछि हटेकी हुन्।शाक्यले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको पनि बताइन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा द्वन्द्व कम गर्न आफू मतविभाजनमा जान नचाहेको टेलिफोन बाट सताब्दी न्युजलाई बताइन् ।
शाक्य को राजिनामा पस्चात एकीकृत समाजबादी पार्टीका राजेन्द्र पाण्डे मुख्य मन्त्रि बन्ने निश्चित भएको छ। यता बागमती प्रदेशसभामा १०९ सदस्यमध्ये पाण्डे संग ६६ जना प्रदेशसभा सदस्यको समर्थन छ।

शाक्यको राजीनामालगत्तै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजी..." A few seconds ago

सम्बन्धित खवर