साफ उपविजेता खेलाडीहरुलाई भब्य स्वागत; खेलाडीहरुलाई जनही ५ लाख दिने सरकारको निर्णय – Satabdi News

साफ उपविजेता खेलाडीहरुलाई भब्य स्वागत; खेलाडीहरुलाई जनही ५ लाख दिने सरकारको निर्णय

१ कात्तिक, काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई ५-५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा भारतसँग ३-० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रहृयो ।

नेपाली टोली सोमबार मात्र नेपाल फर्किएको थियो । नेपाली टोलीलाई स्वागत गर्न बिमान स्थल मा हजारौको भिडमा जम्मा भएका थिए। स्वागत गर्न खेलकुद मन्त्रि गहतराज बिमान स्थलमा उपस्थित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "साफ उपविजेता खेलाडीहरुलाई भब्य स्वागत; खेलाडीहर..." A few seconds ago

सम्बन्धित खवर