दिवस राईको नेतृत्वमा बिकास कुमार गुरुङ बचाउ अभियानमा आर्थिक सहयोग संकलन गरि बिरामीलाई हस्तान्तरण – Satabdi News

दिवस राईको नेतृत्वमा बिकास कुमार गुरुङ बचाउ अभियानमा आर्थिक सहयोग संकलन गरि बिरामीलाई हस्तान्तरण

बेलबारी । सामाजिक काम गर्न पैसा मात्र हैन सहयोगी मन र भावना हुनु पर्छ। सामाजिक सेवामा अग्रसर युवा दिवस राईको नेतृत्वमा बिकास कुमार गुरुङ बचाउ अभियानमा राईले जम्मा नगद रु २ लाख ९५ हजार ५ सय २९ रुपैयाँ आर्थिक सहयोग संकलन गरि बिरामीलाई रकम हस्तान्तरण गरेका छन।
बेलबारी नगरपालिका वडा-३ मा बस्ने होमनाथ गुरुङको छोरा वर्ष ३५ को बिकास कुमार गुरुङ बिगत केही समय देखि “Duodenal mass with liver metastasis” अथात कलेजोको क्यान्सर भएको हुँदा पीडित गुरुङको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको छ। हाल बिरामीको उपचार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइ रहेको छ। गुरुङको यस्तो अवस्थामा बेलबारीका युवा हाल युके निवासी दिवस राईको नेतृत्वमा बिकास कुमार गुरुङ बचाउ अभियान सुरु गरिएको हो।
सहयोग रकम अभियान्ता दिवस राईद्वारा युके बेलबारीबासी परिवार, K2S परिवार साथै अन्य देश विदेशमा रहेका साथी-भाईहरुको सक्रियतामा रकम संकलन गरिएको हो।
बिकास कुमार गुरुङ बचाउ अभियानका अगुवा राईले सहयोग गर्नु हुने सम्पूर्ण परिवार, सहयोगी दातालाई हृदय देखि नै धन्यवाद व्यक्त गरेका छन् भने सामाजिक कार्यमा तपाई हामी सबै मिलेर प्रयत्नशील भई अगाडी बढनु पर्छ साथै सम्पूर्ण युवाहरुलाई सकारात्मक बाटोमा र समाज सेवामा अग्रसर हुन अनुरोध गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "दिवस राईको नेतृत्वमा बिकास कुमार गुरुङ बचाउ अभि..." A few seconds ago

सम्बन्धित खवर