अन्तराष्ट्रिय विमानस्थलमा पर्यटनमन्त्रीको छड्के: अलपत्र परेका यात्रुको उद्दार – Satabdi News

अन्तराष्ट्रिय विमानस्थलमा पर्यटनमन्त्रीको छड्के: अलपत्र परेका यात्रुको उद्दार

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेमबहादुर आलेले नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको छड्के अनुगमन गरेका छन् । हिजो भोजपुरका लागि उडेको नेपाल एयरलाईन्सको विमानले आधा यात्रु लैजाने आधा विमानस्थलमै छा्डेर हिडेपछि मन्त्री आलेले आकस्मिक छड्को जाँच गरेका हुन् ।

मन्त्री आलेकै पहलमा छुटेका बालबच्चा सहितका ७ यात्रुलाई आज विहानको उडानबाट भोजपुर पठाईएको छ । नेपालय एयरलाईन्सको लापरवाहीका कारण यात्रुहरु छुट्न गएको प्रारम्भिक अनुगमनमा देखिएको बताउँदै मन्त्री आलेले सम्बन्धीत निकायलाई अनुसन्धान गरि दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

मन्त्री आलेले अनुगमनका क्रममा विमान छुटेर अलपत्र परेका यात्रु तथा विमानस्थलका कर्मचारीहरुसँग डोमेस्टीकको टर्मिनल भित्रै छलफल गरेका थिए । अनुगमनपछि संचारकर्मीसँग कुरा गर्दै मन्त्री आलेले भने, ‘विभानस्थलमा धेरै कमिकमजोरी देखें । ट्याक्सीमा जथाभावी भाडा लिने, कफि सपमा महंगो मुल्य असुल्ने देखिएको छ । यसलाई नियमन गर्नुपर्दछ । भोजपुरमा उडेको विमान आधा उडाउने आधा छोडेर जाने भनेको लापरवाही देखियो । गल्ती गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छु । राष्ट्रिय ध्वजावाहकको सेवा उत्कृष्ट हुनुपर्छ ।’ मन्त्री आलेले आफूले मन्त्रालय सम्हाल्ने वित्तिकै पहिलो निर्णय नै नेपाल एयरलाईन्सको सुधारका लागि अनलाईन टिकट काट्ने व्यवस्था मिलाने निर्णय गरेको जानकारी दिदै भने, ‘म मन्त्री भएसम्म नियमित अनुगमन गर्छु र सुधारको प्रयास गर्छु । अनलाईन टिकट सेवा सजिलो र सस्तो हुन सक्छ । विमानस्थलमा विकृती र फोहोर छ । यसलाई सुधार गर्नेछु ।’ मन्त्री आलेले साँघुरो विमानस्थलको विकल्पमा विमानहरु क्षेत्रीय विमानस्थलमा पार्किङ गर्ने तयारीमा समेत सरकार लागेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अन्तराष्ट्रिय विमानस्थलमा पर्यटनमन्त्रीको छड्के..." A few seconds ago

सम्बन्धित खवर