गुण्डा नाइके गिरीको सरुवाको बिरुद्ध मोरङ कारागार भित्र विवाद, बाहिर प्रदर्शन – Satabdi News

गुण्डा नाइके गिरीको सरुवाको बिरुद्ध मोरङ कारागार भित्र विवाद, बाहिर प्रदर्शन

२१ असोज, विराटनगर । अपहरण मुद्दाका कैदी अभिषेक गिरीलाई मोरङ पठाउने पत्र आएको एक महिनापछि मोरङ कारागारको चौकीदार नविन राई लाई स्थानान्तरण गरिएको छ । गिरीलाई मोरङ पठाउने निर्णय भएको एक महिनापछि राईलाई क्षेत्रिय कार्यालय झुम्का सारिएको हो ।चौकीदार राईलाई सारिए पनि गिरीलाई मोरङ स्थानान्तरणको निर्णय कार्यान्वयन गरिएको छैन।

जिल्ला कारागार मोरङका निमित्त प्रमुख रामप्रसाद पोखरेलका अनुसार राईलाई सोमबार झुम्का कारागार स्थानान्तरण गरिएको हो। तीन वर्षअघि चौकीदार बनाइएका राईलाई झुम्का पठाएपछि अर्काे व्यवस्था नभएसम्मकालागि किरण गुरुङलाई चौकीदार नियुक्त गरिएको छ ।
‘काम नरोकियोस् भन्नका लागि हत्या मुद्दामा कैद भुक्तान गरिरहेका गुरुङलाई अर्काे व्यवस्था नभएसम्मका लागि नियुक्ति दिइएको हो ।

कारागार भित्र लफडा, बाहिर नाराबाजी

चौकीदार राईलाई झुम्का पठाउने निर्णयको विरोधमा सोमबार कारागार भित्र विवाद भएको थियो । कैदीबन्दीले अवरोध गरेपछि बिहान गर्ने भनिएको स्थानान्तरण बेलुका मात्रै भएको थियो । अभिषेक गिरीलाई ल्याएर चौकीदार नियुक्त गर्न नहुने भन्दै राईनिकट कैदीबन्दीले सरुवाको विरोध गरेका थिए ।गिरीले पहिले पनि कैदीबन्दीलाई यातना दिएको उल्लेख गर्दै उनीहरुले स्थानान्तरणको निर्णय रोक्न माग गरे ।

गिरी यसअघि मोरङ कारागारको चौकीदार थिए । मोरङ कारागार भित्रबाटै विराटनगरमा गुण्डागर्दी र फिरौती असुली गरेको गुनासो बढेपछि २०७४ साल चैत २३ गते विराटनगरबाट डिल्लीबजार कारागार सरुवा गरिएको थियो । तर भदौ १७ गते पुनः विराटनगर सरुवाको निर्णय भएको हो ।

एउटा कारागारबाट सरुवा भएका व्यक्तिलाई पुनः सोही कारागारमा सरुवा गर्ने परम्परा छैन । तर कांग्रेस नेताहरुको दबावमा उनलाई विराटनगर सरुवाको निर्णय भएको आँकलन गरिएको छ। चुनाब नजिकिदै गर्दा यसरि गरिएको गिरीको सरुवालाई अर्थपूर्ण रुपमा हेरिएको छ। गिरी नेपाली कांग्रेस नेताहरुको संरक्षण पाएका व्यक्ति हुन् ।

अभिषेक गिरीसँगै उनका टीमका अन्य तीन जनाको पनि विराटनगर सरुवा भएको छ । गिरीका सहयोगी अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका राजु श्रेष्ठ, असित सैंबु र वन मुद्दाका कैदी मनोज कार्कीलाई विराटनगर पठाउने निर्णय भएको पत्र गत भदौ तेस्रो साता विराटनगर आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गुण्डा नाइके गिरीको सरुवाको बिरुद्ध मोरङ कारागा..." A few seconds ago

सम्बन्धित खवर