किरात राई बान्तावा खिम हतुवागढीको भेला सम्पन्न, नविन राईको नेतृत्वमा ११ सदस्यीय समिति गठन – Satabdi News

किरात राई बान्तावा खिम हतुवागढीको भेला सम्पन्न, नविन राईको नेतृत्वमा ११ सदस्यीय समिति गठन

–अर्जुन राई अपहेलित

घोडेटार । किरात राई बान्तावा खिम हतुवागढीको भेला सम्पन्न भएको छ ।

शनिबार भोजपुरको हतुवागढी गाउँपालिका ४ फलामढुङ्गामा उक्त भेलाको आयोजना गरिएको थियो ।

किरात राई बान्तावा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किराती (काम्दुङ) को प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट नविन राईको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ ।

नवनिर्वाचित समितिको अध्यक्षः नविन राई

उपाध्यक्षः जमानसिङ राई
कोषाध्यक्षः रामसरि राई
सचीवः कृष्ण प्रसाद राई
सह–सचीवः रामकुमार राई
सदस्यः बिर बहादुरराई
सदस्यः श्री बहादुर राई
सदस्यः धन बहादुर राई
सदस्यः सुर्य बहादुर राई
सदस्यः नाराद राई
सदस्यः अरुण लता राई रहेका छन् ।

त्यस्तै सल्लाहकार समितिमा मानबहादुर राई, प्रबिन कुमार राई, प्रेम वालिङ राई, श्याम कुमार राई, बलराम राई, हिरण राई र डिकबिर राई रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि किरातीले किरात राई बान्तावा खिमको भावी योजना र आगामी जनगणना लाई प्रशिक्षण मूलक धारणा व्यक्त गरेका थिए ।

किरातीले राई बान्तावा भाषाको अस्थित्व स्थापित गर्दै विकास गर्न आगामी जनगणनामा जातिको महलमा ‘राई’, धर्मको महलमा ‘किरात’, मातृभाषा र पूर्खाको भाषामा ‘बान्तावा’ र दोस्रो भाषामा छिमेकमा बोलिने कुनै राई भाषा लेख्न र लेखाउन आग्रह गरेका छन् ।

उक्त कार्यक्रमको सञ्चालन किरात राई यायोख्खा हतुवागढीका सचीव कृपालसिंह राईले गरेका हुन् ।

जनक राईको अध्यक्षतामा सम्पन्न भेलामा विशेष अतिथि सृजनसरण राई, किरात राई यायोक्खा भोजपुर जिल्ला उपाध्यक्ष रामध्वज राई, आदिवासी जनजाति महासघ हतुवागढी अध्यक्ष श्याम कुमार राई लगाएतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "किरात राई बान्तावा खिम हतुवागढीको भेला सम्पन्न,..." A few seconds ago

सम्बन्धित खवर