बदमासि गरेका थाहा भएपछि चुनाव भएको ४ वर्षपछि पुनः मतगणना गर्न सर्वोच्चको आदेश – Satabdi News

बदमासि गरेका थाहा भएपछि चुनाव भएको ४ वर्षपछि पुनः मतगणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, असार १२ । मनराशिसवा नगरपालिका वडा नम्बर १० मा पुनः मतगणना गर्न उच्च अदालतले दिएको आदेशलाई सर्वोच्चले सदर गरेको छ। वडा नम्बर १० मा पुनः मतगणना गर्न उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त ईजलासले दिएको आदेशलाई सर्वोच्चले ४ वर्ष पश्चात सदर गरेको हो।

अदालतको २०७५ असार २१ गतेको आदेशानुसार विवादित विषयको दोहोर्‍याएर मतगणना गर्न आगामी २०७८ कार्तिक ७ गते बिहान ११ बजेदेखिको समय निर्धारण गरिएको छ। २०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा मनराशिस्वा नगरपालिकामा नतिजा प्रकाशित भएको थियो। तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेशकुमार रायले ६७ मत ल्याउनु भएको थियो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अरुणकुमार चौधरीको ६४ मत थियो। तर, निर्वाचन अधिकृत आमबहादुर बाँनियाले बदर मतहरु मध्येबाट ३ मतलाई आफ्नो अनुकुल चौधरीको पक्षमा पारेर उहाँको हकमा पनि ६७ मत पुर्‍याए।

दुबैजनाको ६७ ६७ मत भएपछि गोलाप्रथाको माध्यमबाट अन्ततः अरुण चौधरीलाई निर्वाचित गरियो। त्यसपछि रमेश रायले अदालतमा मुद्दा दिनुभयो । सोही मुद्दाको हकमा उच्च अदालतले २०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दियो। उच्च अदालतको यस्तो आदेश पछि अरुणकुमार चौधरी सर्वोच्चसम्म पुग्नुभयो। सर्वोच्चले मुद्दाको सुनुवाई गर्दै २०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गरिदियो। त्यसपछि पुनः मतगणनाको मिति निर्धारण गर्नुपर्नेमा कोरोना महामारीका कारण लकडाउन भएपछि मिति तोक्न सकिएको थिएन।

अन्ततः आइतबार दोहोर्‍याएर मतगणना गर्न आगामी २०७८ कार्तिक ७ गते बिहान ११ बजेदेखिको समय निर्धारण गरिएको छ। मनरा सिस्वा नगरपालिका–१० को वडाध्यक्ष पदमा ९ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बदमासि गरेका थाहा भएपछि चुनाव भएको ४ वर्षपछि पु..." A few seconds ago

सम्बन्धित खवर