प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा – Satabdi News

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

 

१३ असोज २०७८, बुधबार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ। साइकल खरिदमा भएको अनियमितताको विषयमा अख्तियारले छापा मारेको हो।

प्रदेश २ को ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा अनियमितता भएको समाचारलाई लिएर छापा मारेको हो। समाचारमा  कम्पनी नखुलाई ११ करोडका १७ हजार साइकल किनिएको विषय उल्लेख छ। खरिद प्रक्रियामा अनियमितता भएको भन्दै प्रदेश सभामा समेत यसबारेका आवाज उठेको थियो।  तर, संसदीय समितिले छानबिनका लागि कागजपत्र माग गर्दा मुख्यमन्त्री कार्यालयले दिन मानेको थिएन।

आयोगको टोलीले छापा मारेको र आजै छानबिनको निर्णय गरेर टोलीले कागजात लिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि सार्वजनिक खरिद ऐनविपरीत साइकल खरिद गरेको थियो। गत चैतमा वीरगन्जको ओम सत्यसाई प्रालिमार्फत खरिद गरिएका १७ हजार दुई सय ६२ साइकलमा उत्पादक कम्पनीको नाम, मोडल र ब्रान्ड उल्लेख गरिएको थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको ..." A few seconds ago

सम्बन्धित खवर