बान्तावा भाषामा कविता प्रतियोगिता हुँदै, यस्ता छन् नियमहरु – Satabdi News

बान्तावा भाषामा कविता प्रतियोगिता हुँदै, यस्ता छन् नियमहरु

–अर्जुन राई अपहेलित

इटहरी । किरात राई बान्तावा भाषाको मासिक पत्रीका ‘बुङ्वाखा’ले कविता प्रतियोगिताको आयोजना गरेको छ ।

आमचोक गाउँपालिकाको सहकार्य तथा बुङ्वाखाको आयोजनामा आगामी मंसिर २३ र २४ गते भोजपुरको आमचोक गाउँपालिकाको बालंखास्थित बान्तावा भाषामा कविता प्रतियोगिता हुने भएको हो ।

बुङ्वाखाको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त प्रतियोगितामा सहभागीताको लागि १०० देखि १५० शब्द सम्मको कविता हुनुपर्ने साथै वाचन गर्दै गरेको भिडियो कार्तिक २४ गतेसम्म उल्लेखित व्यक्ति तथा ठेगानामा पठाइसक्नु पर्ने आयोजकले जनाएको छ ।

सहभागीबाट प्राप्त कवितामध्ये उत्कृष्ट १७ कविलाई प्रतिस्पर्धाको लागि वाचन गराइने छ । तर कोरोना महामारी निरन्तर रहिरहे कार्यक्रमको मिति सर्न सक्ने जनाइएको छ ।

सहभागिताको लागि नियमहरू-
१. कविता १०० देखि १५० शब्दसम्मको हुनुपर्ने र कविता वाचन गर्दै गरेको भिडियो (Horizontal mode) खिचेर पठाउनुपर्नेछ । बान्तावा भाषाको लेखनपद्दतिअनुसार शुद्धसँग कम्प्युटर टाइप गरी सो कविता इमेल वा हुलाकमार्फत पनि पठाउनुपर्नेछ ।
२. ‘उत्कृष्ट १७ कविता’ (सत्रौं वार्षिकोत्सव)लाई छनोट गरी प्रतियोगितामा प्रतिस्पर्धाको लागि वाचन गराइनेछ । छनोटमा पर्नुहुने कविहरूले अनिवार्यरूपमा जातीय मौलिक भेषभूषामा उपस्थित भई कवितावाचन गर्नुपर्नेछ । प्राप्त सबै कविताहरू बुङ्वाखामा प्रकाशित गरिनेछन् ।
३. पूर्वप्रकाशित वा वाचित कवितालाई प्रतियोगितामा सामेल गरिने छैन ।
४. छनोट हुनुहुने कविहरूलाई यातायात, खाना, बस्न र पारिश्रमिकको व्यवस्थासहित ‘बुङ्वाखा उत्कृष्ट १७’को प्रमाणपत्र प्रदान गरिनेछ ।
५. प्रथम, दोस्रो र तेस्रो हुनुहुने कविहरूलाई ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ स्मृति कोष’बाट क्रमशः रु. १५,०००, रु. १०,००० र रु. ५,००० पुरस्कार राशी र प्रमाणपत्र प्रदान गरिनेछ ।
६. कार्तिक २४ गतेभित्र तल उल्लेखित व्यक्ति र ठेगानासम्म कविता पठाइसक्नुपर्नेछ ।
सम्पर्क व्यक्तिहरू-
असीम बान्तावा (साहित्य संयोजक), ९८०४००१६८९, टीकाराम बादिहाङ/उदयपुर– ९८१००६१०४२, दीपक बान्तावा/भोजपुर– ९७४८६४१२८९, शरणबहादुर राई/भोजपुर– ९८४२३८६९३५, टकलाल राई/धनकुटा– ९८४२०६१५९९, रीता राराहाङ/सुनसरी– ९८४२७७८८४४, राजेन्द्र राई/धरान– ९८१६३७६२११, चाँदनी राई/उदयपुर– ९८१२३८६०८३, सुदीप सिप्तुङखा/इलाम– ९७४२६८६२७२ र सम्पूर्ण बुङ्वाखा खिम्पाङ ।
Viber/WhatsApp नम्बरहरू ९८४१२६०३५० (पदम), ९८०४००१६८९ (असीम) र bungwakha@gmail.com मार्फत भिडियो कविताहरू पठाउनुपर्नेछ ।
हुलाक: बुङ्वाखा, पो.ब.नं. ८९७५, इपिसी २१९९, काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बान्तावा भाषामा कविता प्रतियोगिता हुँदै, यस्ता ..." A few seconds ago

सम्बन्धित खवर