अपमानित महसुस गर्दै बैठकस्थलबाट बाहिरिए भीम रावल – Satabdi News

अपमानित महसुस गर्दै बैठकस्थलबाट बाहिरिए भीम रावल

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष भीम रावल जारी केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका छन्। रावल अपमानित महसुस गर्दै बैठक स्थल छोडेर हिँडेको एक केन्द्रिय सदस्यले बताए।

रावललाई आइतबारै बसेको स्थायी कमिटी बैठकमा आफ्ना कुरा राख्न भनिएको थियो। तर उनले त्यहाँ आफ्नो केही कुरा नरहेको बताएका थिए। मौनताको पनि अर्थ हुन्छ भन्दै आफूले समय आएपछि बोल्ने भनेका थिए। त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकमा पनि केही बेर बसेर उनी बाहिरिएका हुन्। असार २७ को १० बुँदे सहमति अनुसार पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजानुपर्ने अडान राख्दै आएका रावल आइतवार बसेको केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका हुन्।

रावलले १० बुँदे अनुसार जेठ २ मा फर्काएर आफूलाई सुदूरपश्चिम इन्चार्जमा कायम गर्नुपर्ने अडान राख्दै आएका छन्। तर अध्यक्ष केपी शर्मा ओलीले अहिलेको एमाले तत्कालीन नेकपाको निरन्तरता पनि भएकाले सुदूरपश्चिम इन्चार्जमा लेखराज भट्ट नै यथावत हुने अडान राखिरहेका छन्।

यस्तोमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा नेता रावल, झपट रावल र भानुभक्त जोशीले १० बुँदे कार्यान्वयन नगर्ने हो भने नेतृत्वको निर्णय स्वीकार्न नसकिने चेतावनी दिएका थिए। ओलीले १० बुँदेका नाममा आफूहरुलाई अल्मल्याउने, झुक्याउने र भित्र हालेपछि ठोकठाक गर्ने नीति लिएको भन्दै उनीहरुले बैठकमै आक्रोश पोखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अपमानित महसुस गर्दै बैठकस्थलबाट बाहिरिए भीम रावल" A few seconds ago

सम्बन्धित खवर