कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज (शनिबार) भएको निर्वाचनमा सभापति पदका उम्मेदवार पोख्रेलले निकटतम प्रतिद्धन्दी किसोर राईलाई ३९ मतले पराजित गरेका हुन् । विजयी पोख्रेलले २६२ मत पाएका छन् भने राईले २२३ मत मात्र पाए ।

यस्तै, उपसभापतिमा श्याम पोख्रेल प्यानलको उम्मेदवार प्रविण राईले २९० मत र सन्तोष लिम्बुले २३३ मत पाएर विजयी भए । राईको प्यानलबाट उपसभापति उम्मेदवार राजकुमार थोप्राले २१८ र महेन्द्र तामांगले १८३ मात मात्र पाएर पराजित भए ।

यसैगरि, सचिवमा पोख्रेलको प्यानलका उम्मेदवार हिमाल श्रेष्ठले २९६ र जितेन्द्र राईले २५९ मत पाएर विजयी भए । सचिव पदमा राई प्यानलका उम्मेदवार कोपिला गौतमले १९५ र सुमन श्रेष्ठले १७१ मात्र मत पाएर पराजित भए । यस्तै, सहसचिव पदमा पोख्रेल प्यानलका उम्मेदवार युनेश राना मगरले ३०२ मत पाएर विजयी भए । उनी सर्वाधित मत पाउने उम्मेदवार हुन् । सहसचिवमै पोख्रेल प्यानलका शिला बज्रचार्यले पनि २७१ मत पाएर विजयी भइन् । सहसचिवमा पराजित भएका राईको प्यानलका उम्मेदवार कमला कार्कीले १७१ र गोपाल कार्कीको १८१ मत पाए ।