नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा क्षेत्र नम्बर ३ (ख) को सभापतिमा केदार अधिकारीको उम्मेदवारी घोषणा – Satabdi News

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा क्षेत्र नम्बर ३ (ख) को सभापतिमा केदार अधिकारीको उम्मेदवारी घोषणा

८ भाद्र, बेलबारी । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मोरङ क्षेत्र नम्बर ३ (ख) को सभापतिमा केदार अधिकारीले उम्मेदवारी घोषणा गरेका छन।

शुक्रबार बिहान बेलबारी ३ स्थित ड्रिमल्याण्ड फन प्रा.लि.मा पत्रकार सम्मेलन आयोजना गरी उनले आफनो उम्मेदवारी घोषणा गरेका हुन।

पार्टीमा युवाहरुको सहभागिता सुनिश्चित गर्न, राष्ट्रिय राजनीतिमा भएको विकृति विरुद्ध बुलन्द आवाज उठाउन, आफ्नो तहमा रहेका स्थानीय बासीहरुको सधै हक हितका सेवा गर्न र पार्टी सुदृढीकरणका लागि आफनो उम्मेदवारी रहेको उनले बताए।

१३ औँ महाधिबेशनमा क्षेत्र नम्बर ३ का निर्बाचित सदस्य समेत रहेका अधिकारीले पार्टीलाई मजबुत बनाउन र थप चलायमान बनाउनका लागि आफनो जित आबश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा क्षेत्र नम्..." A few seconds ago

सम्बन्धित खवर