कार दुर्घटनामा बेलबारीकी एक महिलाको निधन – Satabdi News

कार दुर्घटनामा बेलबारीकी एक महिलाको निधन

भाद्र ३१, बेलबारी । ​​​​​​​मोरङको बेलबारी नगरपालिका निवासी एक व्यक्तिको बिहीबार कार दुर्घटनामा परेर मृत्यु भएको छ ।

मोरङको बुढीगंगा गाउँपालिकामा दुर्घटना भएर बेलबारी नगरपालिका–१ घर भएकी ३० वर्षीया चन्द्रकला राईको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीले जानकारी दिएका छन् ।

उनका अनुसार चन्द्रकला सवार वा ११ च १५७१ नम्बरको कार आफैँ अनियन्त्रित भएर कोसी राजमार्गअन्तर्गत बूढीगङ्गा–३ मा दुर्घटनामा परेको थियो । बेलबारीबाट विराटनगरतर्फ जाँदै गरेको कार सडकमा रहेको बिजुलीको पोलमा ठोक्किँदा बिहान ११ः३० बजेतिर दुर्घटना भएको जानकारी प्रहरीले दिएको छ ।

दुर्घटनामा कार चालक बेलबारी–१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमाल घाइते सामान्य भएका छन् । दुर्घटनामा परेर कार पूर्ण रूपमा क्षतिग्रस्त बनेको र घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कार दुर्घटनामा बेलबारीकी एक महिलाको निधन" A few seconds ago

सम्बन्धित खवर