शिक्षकको घाँटी रेटी हत्या गर्ने महिला पक्राउ – Satabdi News

शिक्षकको घाँटी रेटी हत्या गर्ने महिला पक्राउ

३१ भाद्र, काठमाडौं । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको हत्यामा संलग्न भन्दै प्रहरीले एक महिलालाई सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार उनको हत्या उनकै छिमेकी २५ वर्षीय मुना रानाले गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । मुनाले धारिलो हतियार प्रयोग गरेर शिक्षकको हत्या गरेकी दैलेख प्रहरीका प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

शिक्षक बिसीको हत्या गरेको स्वीकार गरेकी मुनामाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा राखिएको छ ।

४२ वर्षका बिसीको शव उनले अध्यापन गराउने विद्यालयको प्रांगणमा भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "शिक्षकको घाँटी रेटी हत्या गर्ने महिला पक्राउ" A few seconds ago

सम्बन्धित खवर