अर्काको नाममा कक्षा १२ को परीक्षा दिने पक्राउ – Satabdi News

अर्काको नाममा कक्षा १२ को परीक्षा दिने पक्राउ

३० भाद्र, वीरगञ्ज । अर्काको नाममा कक्षा १२ को परीक्षा दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पर्सा जिल्लाको पर्सागढी नगरपालिका–४ बर्वाटाडीमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अर्काको नाममा कक्षा १२ को परीक्षा दिइरहेको बेला पर्सागढी–८ निवासी राजकुमार दासलाई पक्राउ गरिएको हो ।

दासले सन्दीप दास थारुको नाममा कक्षा १२ को अंग्रेजी विषयको परिक्षा दिइरहेका थिए। सन्दीपको प्रवेश पत्रको फोटो उप्काएर आफ्नो फोटो टाँसेर परिक्षा दिइरहेको बेलामा प्रहरीले दासलाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

कोरोना संक्रमणका कारण स्थगित भएको कक्षा १२ को परीक्षा बुधबारदेखि शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अर्काको नाममा कक्षा १२ को परीक्षा दिने पक्राउ" A few seconds ago

सम्बन्धित खवर