टिकटक बनाउने क्रममा सेती नदिमा खस्दा नवविवाहित युवती बेपत्ता – Satabdi News

टिकटक बनाउने क्रममा सेती नदिमा खस्दा नवविवाहित युवती बेपत्ता

३० भाद्र, काठमाडौं । तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक युवती बेपत्ता भएकी छिन् ।

मंगलबार दिउँसो दुई साथीहरूसँग घुम्न शुक्लागण्डकी नगरपालिका –८ पुलचोकस्थित रहेको सेती नदीको रक गार्डेन पुगेकी १९ वर्षीया पवित्रा लम्साल टिकटक बनाउने क्रममा नदीमा खसेर बेपत्ता भएकी हुन् ।

टिकटक बनाउने क्रममा शुक्लागण्डकी–८ की लम्साल खसेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार ३ जना साथीहरू सहित सेतीको किनारको रक गार्डेनमा फोटो र टिकटक बनाउन गएकी लम्साल नदीमाथिको पुलको बीचबाट खसेर बेपत्ता भएकी हुन् ।

केही दिन अघि मात्र विवाह भएकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् । लम्साल टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएपछि साथीहरूले अभिभावक र प्रहरीलाई खबर गरेका थिए । दिउँसो २ बजे घट्नाबारे जानकारी पाए लगत्तै प्रहरीले सेती नदी छेउछाउमा खोजी कार्य जारी राखेको प्रहरी निरीक्षक खड्काले बताए ।

स्थानीय ,आफन्त र प्रहरीले लम्सालको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "टिकटक बनाउने क्रममा सेती नदिमा खस्दा नवविवाहित ..." A few seconds ago

सम्बन्धित खवर