अश्लील भिडियो हेर्ने क्रममा पुरुषद्धारा पुरुष बलात्कृत – Satabdi News

अश्लील भिडियो हेर्ने क्रममा पुरुषद्धारा पुरुष बलात्कृत

२९ भाद्र, काठमाडौ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा–२, सरस्वती टोलमा एक पुरुषले अर्का पुरुषमाथि बलात्कार गरेको आरोप लागेको छ ।

शनिबार साँझ स्थानीय ३४ वर्षीय युुवाले छिमेकीको बारिमा गाउँकै ३२ वर्षीय एक पुरुषको गुदद्वारमा जबर्जस्ती करणी गरेको आरोप लागेको हो ।

उजुरीपछि प्रहरीले आरोपीलाई पक्राउ गरी बयान लिएको छ । मुलुकी अपराधसंहिता, २०७४ अनुसार उक्त कार्य दोषभित्र पर्दछ ।

गाउँमा साँझ तीजको नाचगान भएको समयमा दुई पुरुष एकान्तमा मोबाइलमा अश्लील भिडियो हेर्न बसेका थिए । भिडियो हेर्ने क्रममा दुवैले मिलेर उक्त कार्य गरेपनि पछि आफूलाई असहज भएपछि एक जनाले उजुरी दिएका थिए । स्वास्थ्यमा समस्या भएपछि राति नै एम्बुलेन्समा हेटौंडा अस्पताल लगिएको थियो ।

हाल पीडितको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अश्लील भिडियो हेर्ने क्रममा पुरुषद्धारा पुरुष ब..." A few seconds ago

सम्बन्धित खवर