भेडेटार नजिकै मालबाँसेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु – Satabdi News

भेडेटार नजिकै मालबाँसेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

२८ भाद्र, धरान । धनकुटाको सागुरीगढी गाउँपालिका–६ मालबाँसेमा मोटरसाइकल र बसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

आइतबार बेलुका सङ्खुवासभाबाट धरान तर्फ आउँदै गरेको को १ ख ४८८९ नम्बरको बसलाई सोही दिशाबाट आउँदै गरेको को १९ प ९४२८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाई दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल पछाडि सवार धनकुटा शहिदभुमी गाउँपालिका–४ का ३६ वर्षीय गणेशमान राईको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालक इलाम चुलाचुली गाउँपालिका–६ का ३३ वर्षीय रत्न कुमार राई सामान्य घाइते भएका छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

बस र चालक धरान–१३ का ५८ वर्षीय कृष्ण बहादुर पाख्रिन इलाका प्रहरी कार्यालय भेडेटारको नियन्त्रणमा रहेको छ भने घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भेडेटार नजिकै मालबाँसेमा सवारी दुर्घटना हुँदा ए..." A few seconds ago

सम्बन्धित खवर