घट्दै संक्रमितको संख्याः आइतबार ९११ जनामा पुष्टि, १ हजार ४२३ संक्रमणमुक्त – Satabdi News

घट्दै संक्रमितको संख्याः आइतबार ९११ जनामा पुष्टि, १ हजार ४२३ संक्रमणमुक्त

२७ भाद्र, काठमाडौं । नेपालमा थप ९११ जनामा कोरोनााभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ११ हजार १८ नमुना परीक्षण गर्दा ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सात हजार आठ सय ७८ जनाको पीसीआर नमुना परीक्षण गर्दा ८ सय ३८ जनामा र ३ हजार १४० जनाको एन्टिजेन नमुना परीक्षण गर्दा ७३ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या २६ हजार सात सय ५७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ४२३ रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १३ जनाले ज्यान गुमाएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १० हजार चार सय ४९ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "घट्दै संक्रमितको संख्याः आइतबार ९११ जनामा पुष्ट..." A few seconds ago

सम्बन्धित खवर