२५ भाद्र, काठमाडौं । नेपालमा थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा (शुक्रबार) देशभर ८ हजार ५ सय ४९ पीसीआर तथा २ हजार ३ सय ६७ एन्टिजेन परीक्षण गरिएको हो ।
शुक्रबार १ हजार ६६० कोरोना संक्रमणमुक्त भएका छन् । देशभर २७ हजार९५८ सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा २१ जनाले कोरोनाबाट ज्यान गुमाएसँगै मृतकको कुल संख्या १० हजार ९२४ जना पुगेको मन्त्रालयले जनाएको छ ।