न्यायाधीश चढ्ने कारको ठक्करबाट धनकुटाकी एक महिलाको मृत्यु – Satabdi News

न्यायाधीश चढ्ने कारको ठक्करबाट धनकुटाकी एक महिलाको मृत्यु

विराटनगर । मोरङ जिल्ला अदालतका न्यायाधीश चढ्ने गरेको कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

मंगलबार विराटनगर स्थित अदालत परिसरभित्रै बा १४ च ६०१६ नम्बरको कारको ठक्करबाट धनकुटाको महालक्ष्मी नगरपालिका–१ घर भएकी ४३ वर्षीय लक्ष्मी दाहालको मृत्यु भएको हो ।

मृतक दाहालले अदालत परिसरमै क्यान्टिन सञ्चालन गर्दै आएकी जनाइएको छ । ठक्करबाट गम्भीर घाइते दाहालको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने कारमा न्यायाधीश ईश्वर पराजुली चढ्ने गरेका थिए । दुर्घटना भएको बेला भने न्यायाधीश पराजुली कारमा नभएका प्रहरीले जनाएको छ ।
न्यायाधीश पराजुलीका अंगरक्षक बिन्दकुमार सिंहले चलाएको बेला कारले ठक्कर दिएको हो । दुर्घटनापछि चालक सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "न्यायाधीश चढ्ने कारको ठक्करबाट धनकुटाकी एक महिल..." A few seconds ago

सम्बन्धित खवर