नेपाली कांग्रेस हतुवागढी–७ को अधिवेशनबाट राम बहादुरको नेतृतवमा २५ सदस्यीय समिति गठन – Satabdi News

नेपाली कांग्रेस हतुवागढी–७ को अधिवेशनबाट राम बहादुरको नेतृतवमा २५ सदस्यीय समिति गठन

अर्जुन राई अपहेलित

पात्लेपानी । भोजपुरको हतुवागढी वडा नम्बर ७ मा नेपाली कांग्रेसको १४ औं वडा अधिवेशन सम्पन्न भएको छ ।

शुक्रबार पार्टीको आगामी १४ औं महाधिवेशन लक्षित गरिएको उक्त अधिवेशनबाट राम बहादुर राईको नेतृत्वमा २५ सदस्यीय वडा समिति पुनर्गठन गरिएको हो ।

निर्वाचन अधिकृत सुजता राईको उपस्थितिमा सम्पन्न कांग्रेस वडा समितिको अधिवेशनबाट १६ जना क्षेत्रीय प्रतिनिधि र यही भदौं २७ गते हुन लागेको पार्टीको गाउँपालिका अधिवेशनको लागि चार प्रतिनिधिको छनोट गरिएको नवनिर्वाचित उप–सभापति तथा युवा नेता सुनिल किरावा राईले जानकारी दिए ।

गाउँपालिका अधिवेशन प्रतिनिधिको रुपमा सुनिल राई, जंगराज राई, सानीमाया राई र गोपाल बहादुर बस्नेत छनोट गरिएको छ भने क्षेत्रीय प्रतिनिधिको रुपमा राम बहमदुर राई, ध्यान कुमार राई, गणेश बहादुर काफ्ले, गोविन्द बस्नेत, जंगराज राई, कुमार राई, सानीमाया राई, विमला नेपाली, जवान बहादुर राई, गोपाल बहादुर बस्नेत, हर्क बहादुर सार्की, गम्भीरमान सार्की, कमल कुमार राई, प्रविण खाम्लुङ राई, अर्जुन राई र कुमार बस्नेतलाई छनोट गरिएको जनाइएको छ ।

हतुवागढी वडा नम्बर ७ मा नवगठित कांग्रेस वडा समितिको नामावली यसप्रकार रहेको छः
१) सभापतिः राम बहादुर राई
२) उप–सभापतिः सुनिल राई
३) उप–सभापतिः टंक बहादुर राई
४) सचिवः जंग बहादुर राई
५) सचिवः अर्जुन राई
६) सह–सचिवः निर्मला राई
७) सह–सचिवः पारसमणी राई
८) कोषाध्यक्षः गोविन्द बस्नेत
९) सदस्यः गम्भिरमान सार्की
१०) सदस्यः गोविन्द बहादुर बस्नेत
११) सदस्यः विमला नेपाली
१२) सदस्यः राजकुमार राई
१३) सदस्यः प्रविण राई
१४) सदस्यः लक्ष्मण राई
१५) सदस्यः गणेश बहादुर राई
१६) सदस्यः कुमार राई
१७) सदस्यः उत्तर कुमार राई
१८) सदस्यः सुस्मा राई
१९) सदस्यः पवन राई
२०) सदस्यः पूर्ण बहादुर वि.क.
२१) सदस्यः धन बहादुर राई
२२) सदस्यः टंक बहादुर राई
२३) सदस्यः गणेश बहादुर काफ्ले
२४) सदस्यः हर्क बहादुर नेपाली
२५) सदस्यः आछाम राई

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाली कांग्रेस हतुवागढी–७ को अधिवेशनबाट राम बह..." A few seconds ago

सम्बन्धित खवर