नेपाली कांग्रेस हतुवागढी–८ को अधिवेशन सम्पन्न, सभापतीमा प्रेम थापा निर्वाचित – Satabdi News

नेपाली कांग्रेस हतुवागढी–८ को अधिवेशन सम्पन्न, सभापतीमा प्रेम थापा निर्वाचित

–अर्जुन राई अपहेलित

१८ भाद्र, पात्लेपानी । भोजपुरको हतुवागढी वडा नम्बर ८ मा नेपाली कांग्रेसको १४ औं वडा अधिवेशन सम्पन्न भएको छ ।

शुक्रबार निर्वाचन अधिकृत रिता कार्कीको उपस्थितिमा कांग्रेस वडा समितिको अधिवेशन सम्पन्न गरिएको हो ।

पार्टीको आगामी १४ औं महाधिवेशन लक्षित गरिएको अधिवेशनबाट प्रेम बहादुर थापाको नेतृत्वमा २३ सदस्यीय वडा समिति पुनर्गठन गरिएको नवनिर्वाचित सदस्य मैया कार्कीले जानकारी दिइन् ।

यही भदौं २७ गते हुन लागेको पार्टीको गाउँपालिका अधिवेशनको लागि सुनिल खड्का, प्रेम कुमार राई र सरिता कार्कीलाई प्रतिनिधिको रुपमा चयन गरिएको जनाइएको छ ।

त्यस्तै क्षेत्रीय प्रतिनिधिको लागि उर्मिलादेवी श्रेष्ठ, मैया कार्की, सरिता कार्की, राधादेवी रोका, कमला राई, लोक बहादुर राई, दिनेश प्रसाद घिमिरे, भविन्द्र राई, टिका कार्की, राम राई, जित बहादुर कार्की, दुर्गा चाम्लिङ, डम्बर बहादुर कार्की, कुमार वि.क., गजेन्द्र कार्की र अमित कार्की गरि १६ जना चयन गरिएको युवा नेता सुनिल खड्काले जानकारी दिए ।

हतुवागढी वडा नम्बर ८ मा नवगठित कांग्रेस वडा समितिको नामावली यसप्रकार रहेको छ ः
१) सभापतिः प्रेम बहादुर थापा
२) उप–सभापतिः रामु राई
३) उप–सभापतिः राधादेवी रोका
४) सचिवः डम्बर बहादुर कार्की
५) सचिवः हरी कार्की
६) सह–सचिवः नन्द कुमार राई
७) सह–सचिवः सुवासचन्द्र राई
८) कोषाध्यक्षः कमला राई
९) सदस्यः मैया कार्की
१०) सदस्यः नारायण कार्की
११) सदस्यः पार्वती राई
१२) सदस्यः हर्क बहादुर राई
१३) सदस्यः सन्त वि.क.
१४) सदस्यः दिनेश राई
१५) सदस्यः रन्जित सुन्दास
१६) सदस्यः रमण राई
१७) सदस्यः पम्फा वि.क
१८) सदस्यः विमला राई
१९) सदस्यः पदम तामाङ्ग
२०) सदस्यः अमित राई
२१) सदस्यः शम्भु कार्की
२२) सदस्यः प्रशुराम दर्जी
२३) सदस्यः विष्णु कुमारी बराइली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाली कांग्रेस हतुवागढी–८ को अधिवेशन सम्पन्न, ..." A few seconds ago

सम्बन्धित खवर