फौजदारी कानून समाजको प्रथम बार्षिक साधारणसभा सम्पन्न – Satabdi News

फौजदारी कानून समाजको प्रथम बार्षिक साधारणसभा सम्पन्न

१२ भाद्र, काठमाडौ । फौजदारी विधिशास्त्र र कानूनको क्षेत्रमा बिशेषज्ञता हासिल गरेका र फौजदारी विधिशास्त्र, फौजदारी न्याय तथा कानूनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउदै आईरहेका एवं सो बिषयमा कानून ब्यवसाय, अनुसन्धान, अध्यापन, न्यायसम्पादन र उक्त क्षेत्रको विकासको निम्ति क्रियाशिल व्यक्तिहरूको साझा मञ्चको रूपमा रहेको फौजदारी कानून समाजको प्रारम्भिक तथा प्रथम बार्षिक साधारण सभा भाद्र १२ गते शनिवारका दिन सम्पन्न भएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंले मिति २०७८/०५/८ गते जारी गरेको सूचनाको आधारमा बढीमा २५ जनासम्म मात्र मानिस भेलाभएर बैठक, गोष्ठि सम्पन्न गर्न सक्ने सूचनालाई मध्यनजर राखि स्वास्थ्य मापदण्डलाई समेत ध्यान दिई सामाजिक दुरी कायम गरी सम्पन्न भएको उक्त प्रारम्भिक तथा प्रथम बार्षिक साधारण सभामा संस्थाको बार्षिक प्रगति प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन र आगामि कार्य योजना पारित गरेको थियो ।

साधारण सभाले तदर्थ कार्यसमितलाई नै आगामी एक कार्यकालको लागि निरन्तरता दिने गरी सर्वसम्मत निर्णयबाट कार्यसमिति चयन गरेको छ । आगामि कार्यकालको लागि नव निर्वाचित कार्य समितिको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा.डा. रजित भक्त प्रधानाङ्ग, उपाध्यक्षमा बरिष्ठ अधिवक्ता लभकुमार मैनाली र बरिष्ठ अधिवक्ता प्रा.डा. लक्ष्मी प्रसाद मैनाली, महासचिवमा अधिवक्ता डा. कुन्साङ लामा, सचिवमा अधिवक्ता डिल्लीराम श्रेष्ठ, कोषाध्यक्षमा अधिवक्ता सरिता शर्मा, सदश्यहरुमा क्रमशः अधिवक्ता घनेन्द्र श्रेष्ठ, अधिवक्ता डिल्लि मैनाली, अधिवक्ता दानबहादुर बुढा, अधिवक्ता धिरज पोख्रेल, अधिवक्ता डा. नरेशकुमार महर्जन, अधिवक्ता बलबहादुर राई, अधिवक्ता डा. बलराम प्रसाद राउत, अधिवक्ता रविन्द्र भट्टराई, अधिवक्ता शान्तिराम खतिवडा, अधिवक्ता सुनिल पोखरेल र अधिवक्ता हरिप्रसाद मैनाली रहेका छन ।

समाजका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. रजित भक्त प्रधानाङ्गको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा उपाध्यक्ष बरिष्ठ अधिवक्ता लभकुमार मैनालीले स्वागत मन्तव्य दिनु भएको थियो भने, समाजका उपाध्यक्ष एवं नेपाल कानून आयोगका उपाध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. लक्ष्मी प्रसाद मैनालीले शुभकामना मन्तव्य राख्नु भएको थियो । सभामा समाजका महासचिव अधिवक्ता डा. कुन्साङ लामाले संस्थाको प्रगति प्रतिवेदन र आगामि कार्ययोजना प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष अधिवक्ता सरिता शर्माले लेखापरिक्षण प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । साधारण सभाको संचालन समाजका सचिव अधिवक्ता डिल्लीराम श्रेष्ठले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "फौजदारी कानून समाजको प्रथम बार्षिक साधारणसभा सम..." A few seconds ago

सम्बन्धित खवर