महिला, दलित, मधेसी, आदिवासी जनजातिमाथि कानुनी रुपमै विभेद; वरिष्ठ नेता अशोक राई – Satabdi News

महिला, दलित, मधेसी, आदिवासी जनजातिमाथि कानुनी रुपमै विभेद; वरिष्ठ नेता अशोक राई

११, भाद्र जनकपुर । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता अशोक राईले नेपालमा अहिले पनि विभिन्न खालका कानूनी विभेद रहेकाले आफूहरुले लडिरहेको बताएका छन् ।

शुक्रबार प्रदेश २ को जनकपुरमा आयोजित पार्टी सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान)को कार्यक्रममा नेता राईले अहिले पनि आदिवासी जनजाति, मधेसी, दलित, महिलाहरुमाथि कानुनी विभेद रहेको बताए ।

‘नारीहरुमाथि अहिले पनि विभेद छ । समाजमा त विभेद छ नै, कानुनी विभेद पनि छ । संविधान, ऐन, कानुन र व्यवहारमा विभेद छ,’ उनले भने, ‘यहाँ क्षेत्रीय विभेद छ, मधेसमा विभेद छ, मधेसीमाथि विभेद छ, कर्णालीमा विभेद छ, आदिवासी जनजातिमा भाषा संस्कृतिको छ ।’

उनले आजको २१औं शताब्दीमा पनि दलितहरुले अपमान र विभेद भोग्नु परिरहेको बताए ।

प्रदेश नं २ को जनकपुरमा आयोजित पार्टी सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान) राईले दलितहरुमाथि आजको २१औं शताब्दीमा पनि अपमान र विभेद छ,’ ‘यो न्यायको लडाईं अगाडि बनाउनका लागि नै जसपाकाे आवश्यकता रहेको कुरा बताए ।

विभेदरहित संविधान जारी गर्न कांग्रेस एमालेले चाहेको भए सम्भव थियो भने । तर कांग्रेस र एमालेले विभेदरहित संविधान जारी गर्न नचाहेकै कारण आज पनि विभेद रहेको र न्यायको लडाईंका लागि आफूहरुले लडिरहेको वरिष्ठ नेता अशोक राईले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "महिला, दलित, मधेसी, आदिवासी जनजातिमाथि कानुनी र..." A few seconds ago

सम्बन्धित खवर