किरात राई यायोक्खाद्धारा कक्षा ११ र १२ को लागी ७१ विद्यार्थीलाई छात्रवृत्ति प्रदान – Satabdi News

किरात राई यायोक्खाद्धारा कक्षा ११ र १२ को लागी ७१ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

१० भाद्र, काठमाडौं किरात राई यायोक्खा संस्थाले किरात राई विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । यायोक्खाले शैक्षिक सत्र २०७८–७९ का लागि पुर्ण तथा आंशिकमा छनौट भएका एसइई उत्रिण भएका ७१ जना विधार्थीहरुलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति वितरण गरिएको हो ।

किरात राई यायोक्खा, शैक्षिक बिभागका प्रमुख हेमन्त राईले एसइई उत्रिण गरेका तर आर्थिक समस्याका कारण उच्च शिक्षा हासिल गर्न नसक्ने गरिब तथा जेहन्दार विद्यार्थीहरुको नामावली छनौट गरेर पारदर्शी ढङ्गबाट १३ वटा कलेजहरुमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको कुरा शताब्दी न्युजलाई बताए ।योयाक्खाले विगत २४ वर्षदेखि गरिब तथा जेहन्दार किरात राई विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । छात्रवृत्ति बितरण कार्यक्रममा यायोक्खाका अध्यक्ष, महासचिव, उपमहासचिव, सचिव तथा शैक्षिक बिभाग प्रमुख, विद्यार्थी, अभिभावक लगायत किरात राई युवा संघ र किरात राई विद्यार्थी संघको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "किरात राई यायोक्खाद्धारा कक्षा ११ र १२ को लागी ..." A few seconds ago

सम्बन्धित खवर