भर्ने होइन त तेह्रथुम पावरको आइपीओ ? – Satabdi News

भर्ने होइन त तेह्रथुम पावरको आइपीओ ?

८ भाद्र, काठमाडौं । तेह्रथुम पावर कम्पनीले आज बुधबार (भदौ ९ गते) बाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले कुल ८ लाख कित्तामध्ये ५% (४० हजार कित्ता) म्युचुअल फन्डलाई र २% (१६ हजार कित्ता) सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले

उक्त समयसम्म सबै आइपीओ बिक्री नभएमा भने भदौ २३ गतेसम्म खुला रहनेछ । तेह्रथुमको आइपीओमा आवेदन दिन सक्नेछन् । यसमा भदौ १३ गतेसम्म आवेदन दिन सकिन्छ । न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्न सकिन्छ । यसमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । मेरो सेयर एपमार्फत अनलाइन आवेदन पनि दिन सकिन्छ । तेह्रथुम पावरले तेह्रथुम जिल्लामा ७.५ मेगावाटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । यस आयोजनाको कुल लागत १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको छ ।

यसको प्रतिमेगावाट लागत भने १७ करोड ८९ लाख रुपैयाँ छ । यसअघि कम्पनीले साउन ५ देखि १९ गतेसम्म आयोजना प्रभावित स्थानीयलाई ४ लाख कित्ता आइपीओ बिक्री गरेको थियो । अब सर्वसाधारणलाई पनि आइपीओ बिक्री गरिसकेपछि यसकोे चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भर्ने होइन त तेह्रथुम पावरको आइपीओ ?" A few seconds ago

सम्बन्धित खवर