विपन्न परिवारलाई निःशुल्क बिजुली डेढ महिनाभित्रै कार्यान्वयनमा आउने – Satabdi News

विपन्न परिवारलाई निःशुल्क बिजुली डेढ महिनाभित्रै कार्यान्वयनमा आउने

६ भाद्र, काठमाण्डौ । २० युनिटसम्म विद्युत उपभोग गर्ने विपन्न परिवारलाई निःशुल्क बिजुली उपलब्ध गराउने सरकारको निर्णय डेढ महिनाभित्रै कार्यान्वयनमा ल्याइएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रालय सम्हालेलगत्तै २० युनिटसम्म विद्युत खपत गर्ने विपिन्न परिवारलाईले निःशुल्क बिजुली उपलब्ध गराउने प्रतिबद्धता गरेकी थिइन्। उक्त निर्णय डेढ महिनाभित्र कार्यान्वयनमा ल्याउने गरी नेपाल विद्युत प्राधिकरणसँग आफूहरुले आवश्यक सबै प्रक्रिया गरिसकेको भुसालले बताइन्। ‘२० युनिटसम्म विद्युत बाल्ने विपन्न परिवारको तथ्यांक संकलन भइसकेको छ’, उनले भनिन्, ‘अब उनीहरुलाई विद्युत प्राधिकरणको सामाजिक उत्तरदायित्व फन्डबाट व्यवस्थापन हुने गरी निःशुल्क बिजुली उपलब्ध गराइनेछ।’

प्रतिघर परिवारको सरदर ५ जना सदस्यको दरले करिब १ करोड ४० लाख जनसंख्यालाई २० प्रतिशत युनिट विद्युत निःशुल्क उपलब्ध गराउने निर्णय भएको भुसालले जानकारी दिए। ‘यो व्यवस्था विद्युत नियमन आयोगले निर्णय गरेपछि करिब डेढ महिनाभित्र कार्यान्वयनमा आउँछ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विपन्न परिवारलाई निःशुल्क बिजुली डेढ महिनाभित्र..." A few seconds ago

सम्बन्धित खवर