भारतीय साहित्यकार अवार्डमा झापाको कृष्ण चाम्लिङ, तुलसी श्रेष्ठ र हुम आलेको हातमा – Satabdi News

भारतीय साहित्यकार अवार्डमा झापाको कृष्ण चाम्लिङ, तुलसी श्रेष्ठ र हुम आलेको हातमा

४ भाद्र, काठमाडौ । झापाको दमकका तीन साहित्यकार भारतीय साहित्य अवार्डबाट पुरस्कृत भएका छन् । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईं र विष्णुप्रसाद भट्टराई भारतको स्वतन्त्रता साहित्य अवार्डबाट पुरस्कृत भएका हुन् ।

विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पुर्‍याएबापत उनीहरूलाई भारतको ७५औँ स्वतन्त्रता साहित्य अवार्ड प्रदान गरिएको जनाइएको छ ।

दिवसका उपलक्ष्यमा विश्व अङ्ग्रेजी साहित्यकारको छाता संस्था मोटिभिसनल स्ट्रिप्स र गुजरात साहित्य एकाडेमीले संयुक्तरूपमा सो अवार्ड प्रदान गरेको हो ।

अवार्ड पाउने ६ अङ्ग्रेजी साहित्यकार नेपालीहरूमा कृष्ण चाम्लिङ, तुलसी श्रेष्ठ र हुम आले छन् । अवार्ड बर्सेनि भारत स्वतन्त्रता दिवसका सन्दर्भमा आयोजक संस्था मोटिभिसनल स्ट्रिपका संस्थापक सिजु एच पालिथाजेथ र गुजरात साहित्य एकाडेमीका संस्थापक डा. विष्णु पाण्डेयले वितरण गर्दै आएका छन् । रासस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भारतीय साहित्यकार अवार्डमा झापाको कृष्ण चाम्लिङ..." A few seconds ago

सम्बन्धित खवर