भदौदेखि खोल्ने भनिएको ट्रायल अनिश्चित, सिडिओसँग छलफल गरिन्ने – Satabdi News

भदौदेखि खोल्ने भनिएको ट्रायल अनिश्चित, सिडिओसँग छलफल गरिन्ने

२४ श्रावण, काठमाडौ । चौतर्फी दबावपछि भदौ १ गतेदेखि खोल्ने भनिएको लाइसेन्स आवेदन तथा ट्रायल कक्षा १२ को परिक्षा स्थितिले थप अनिश्चित भएको छ ।कोरोना महामारीको तेस्रो लहरको संन्त्रासका कारण प्लस टुको परीक्षा अन्तिम चरणमा आएर रोकिएपछि यातायात व्यवस्था विभाग ट्रायलको बिषयमा दोधारमा परेको हो ।

गत बैशाखदेखि रोकिएको सवारी अनुमति पत्र आवेदन र लाइसेन्स प्रयोगातमक परीक्षा अगामी भदौबाट खोल्ने निश्चित भइसकेको थियो ।

तर, सरकारले कारोना महामारीलाई मध्यनजर राख्दै प्लसटुका सम्पुर्ण परीक्षा स्थगित गरेपछि यातायात व्यवस्था विभाग परामर्शमा जुटेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले १२ कक्षाको परीक्षा स्थगितले भदौदेखि खुल्ने भनिएको लाइसेन्स र ट्रायल परीक्षा पनि पुनरावलोकन गरी स्थगित गर्नुपर्ने अवस्था आएको जानकारी दिए ।

‘हामीले यातायातका सेवा रोकिएको लामो समय भएकाले भदौदेखि आंशिक रुपमा खोल्ने गरी सबै प्रक्रिया अघि बढाएका थियो,तर, पुनः कोरोनाको केस बिढरहेको अर्को तर्फ परीक्षा स्थगितले दोधारमा परिएको छ’ घिमिरेले भने ‘अब के गर्ने भन्ने बिषयमा सबैतर्फ परामर्श गरिरहेका छौं’ ।

आइतबार परीक्षा स्थगित भएको अवस्थामा अबको प्रक्रियाबारे उपत्यकाका तीनै सिडिओहरुसँग लाइसेन्स ट्रायल परीक्षाको बिषयमा छलफल तय भएको उनको भनाई छ ।

उनका अनुसार विद्यार्थीको परिक्षानै स्थगित भएको अवस्थामा जवर्जस्ती सेवा सञ्चालन गर्न नहुने पक्षमा यातायात विभाग छ ।

अगामी भदौबाट लाइसेन्स ट्रायल खुल्ने नखुल्ने बिषयमा सिडिओहरुसँगको अन्तक्रियापछि निष्कर्षमा पुग्ने तयारी छ ।

विभागले परीक्षणकालीन लाइसेन्स दिन थालिसकेको र लाइसेन्सका कारण कुनैपनि सेवा बन्द गर्नुपर्ने अवस्था नगरेको भन्दै गत साता ट्रायल परीक्षा खुलाउने भएको थियो ।

गत बर्ष पनि करिब १० महिना बन्द भएर गत पुसदेखि लाइसेन्स आवेदन खुलेको थियो । खुलेको चारमहिना पछि कोरोनाको दोस्रो लहरका कारण सरकारले सेवा बन्द गरेको थियो ।

हाल विभागले ट्रायल परीक्षालाई सरलीकृत गर्ने गरी अंक प्रणाली लागू गरे पनि कोरोनाको कारण औपचारिक रुपमा उक्त प्रक्रियाबाट ट्रायल हुने सकेको छैन ।

यातायात विभागका अनुसार लाइसेन्स आवेदन खुलेको ४ महिनाको अवधिमा १० लाख भन्दा बढी सेवाग्राहीले साना तथा ठूला सवारीको लाइसेन्स लिन आवेदन दिएका छन ।

त्यस्तै लाखौंले आवेदन दिएर ट्रायल परीक्षाका लागि डेट फिक्स गरेका थिए । कोरोनाको तेस्रो लहरको संन्त्रासका कारण अझै दर्जनौ क्षेत्र सञ्चालनमा लगाएको रोक यथावत नै छन ।

यातायात सेवा पनि अत्याधिक भीडभाड हुने क्षेत्रमा पर्ने भएकाले कारोनाको चपेटामा पटक पटक सेवाग्राही पर्दै आएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भदौदेखि खोल्ने भनिएको ट्रायल अनिश्चित, सिडिओसँग..." A few seconds ago

सम्बन्धित खवर