जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन – Satabdi News

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

१६ साउन, काठमाडौं । उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेता चुनिएका छन् । शनिबार सिंहदरबारको संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले यादवलाई दलको नेता चयन गरेको हाे ।  जसपाका नेता महेन्द्र राय यादवको समर्थन र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको प्रस्तावमा यादव संसदीय दलको नेता चुनिएका हुन् ।

बैठकमा प्रतिनिधिसभाका २० र राष्ट्रिय सभाका दुई सांसद उपस्थित थिए ।

निर्वाचन गराउनसमेत तयार रहेपनि सहमतिमै नेता चयन भएको निर्वाचन समितिका नवराज सुवेदीले जानकारी बताए । निर्वाचन समितमा सुवेदीसँगै सुशीला श्रेष्ठ र रमेशप्रसाद यादव थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन" A few seconds ago

सम्बन्धित खवर