आधिकारिकता पाउनासाथ यादवले बोलाए पार्टीको बैठक, मन्त्रीहरुको नाम टुंगो लगाउने – Satabdi News

आधिकारिकता पाउनासाथ यादवले बोलाए पार्टीको बैठक, मन्त्रीहरुको नाम टुंगो लगाउने

१२ साउन, काठमाडौं । निर्वाचन आयोगले आधिकारिकता आफ्नो समुहलाई दिएपछि जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् । आयोगमा सोमबार आधिकारिकता पाउनु अगाडि नै शेर बहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने प्रतिकृया दिएका अध्यक्ष यादवले पार्टीको बैठक बोलाउका हुन् ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठकले पार्टी सरकारमा सहभागी हुने निर्णय गर्ने जसपा श्रोतले दिएको छ । कार्यकारिणी समितिको बैठकमा संसदीय दलको विधान पारित र पार्टी आधिकारिकता पाएसँगै कसरी अघि बढ्ने भन्ने विषयमा समेत छलफल हुने एक नेताले बताए ।

पार्टीको कार्यकारिणी समितिको बैठकले पार्टी सरकारमा सहभागी हुनेबारे निर्णय गर्ने र लगत्तै संसदीय दलको बैठक बसेर मन्त्रीहरुको टुंगो लगाउने ती नेताले बताए । जसपाको आधिकारिकता पाएको उपेन्द्र पक्षमा ३४ जना कार्यकारिणी समिति सदस्य र २२ जना सांसद पुगेका छन् ।

जसपाको आधिकारिकता तथा नेकपा एमालेको माधवकुमार नेपाल समूहको अनिर्णयका कारण प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा आलोचना सुरु भइरहेको छ । जसपाको निर्णयसंगै देउवालाई केही सहज हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आधिकारिकता पाउनासाथ यादवले बोलाए पार्टीको बैठक,..." A few seconds ago

सम्बन्धित खवर