नेपालको शान दिनेश सुनारले अमेरिकाबाट पाँचौ बिश्व कीर्तिमानी रचे – Satabdi News

नेपालको शान दिनेश सुनारले अमेरिकाबाट पाँचौ बिश्व कीर्तिमानी रचे

१ श्रावण, काठमाडौ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ११ राजापानी निवासी पर्कर खेलाडी दिनेश सुनार अमेरिका बाट पाँचौं पर्कर बिश्व कीर्तिमानी चुम्नु सफल भएका छ्न ।

खोटाङको अति विकट गाउँ खाम्तेल कामीडाडा मा जन्मेका दिनेश नेपालको नाम विश्वमा चिनाउदै पर्कर खेलाडीको रूपमा आफ्नो र देशको नाम इतिहास रच्न सफल भएका छ्न । सानै छदा उफ्रिनु र कुद्नुमा अब्बल उनी चार पटकको ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नै रेकर्ड तोड्दै पाँचौ पटक नाम लेखाउन सफल भएका छ्न ।

खोटाङ जिल्लाको विकट कामी डाडा गाउँमा जन्मेका दिनेश सुनार, पुर्व प्रहरीमा कार्यरत थिए आफ्नो खेललाई थप सशक्त बनाउने आफ्नो परिचय, समुदाय र राष्ट्रको नामलाई बिश्वमा उचाइमा पुर्याउने उदेश्यले प्रहरीको जागीर बाट राजीनामा दिई हिडेका उनी अहिले अमेरिकामा पर्कर खेल बाट पाचौं बिश्वमानी रेकर्ड चुम्नु सफल दिनेश सुनारलाई पूर्वी नेपालको पहाडी जिल्ला खोटाङको हलेसी चुवाचुङ ११ राजापानी कामी डाडामा बाबु विर्खबहादुर सुनार र आमा रीता सुनारको जेठो छोरा दिनेश गाउँमा सानैदेखि उफ्रिने उल्टीमार्ने गर्दै पछी पर्कर खेलाडीका रूपमा आफुलाइ बिश्वका सामु चिनाउनु सफल भएका हुन।

पर्कर खेलाडी दिनेश सुनार उनको यहि कलाका कारणले फिल्म क्षेत्रमामा पनि उनको माग बढ्दो भएको र अझै बढ्ने देखिएको छ । सुनारले ‘मस्ट ट्वि’स्टिङ व्याक फिलिप्स अफ द वाल इन वन मिनट’ टाइटलमा पहिलोपटक गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएका दिनेशले गिनिज बुकमा नाम दर्ता गराउन ‘न्युनतम १५ पटकसम्म गर्नुपर्ने उल्लेख थियो, तर उनले १८ पटकसम्म गरेको थिए । भने निरन्तरको रेकर्ड हासिल गर्दै पछिल्लोपटक जीपी फाउन्डेशन र ब्यालेन्स ग्रुप अफ कम्पनी अमेरिकाको संयुक्त सहकार्यमा न्युयोर्कमा सुनारले पाँचौ पटक नाम लेखाउनका लागि पार्कर खेलमा नै प्रयास गरेका थिए ।

भ्रमण बर्षको प्रचार गर्दै गएको जनवरीमा भर्जिनियाँमा सुनारले ‘द मस्ट ब्याकवार्डस समरसल्टस अगेन्स्ट अन ट्रयापोलाइन इन वान आवर इन्डिभिज्युअलमा ४६० पटक गरी विश्व रेकर्ड कायम गरेका हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपालको शान दिनेश सुनारले अमेरिकाबाट पाँचौ बिश्..." A few seconds ago

सम्बन्धित खवर