युनियन लाइफको आइपीओ भर्ने आज अन्तिम दिन – Satabdi News

युनियन लाइफको आइपीओ भर्ने आज अन्तिम दिन

२८, असार काठमाडौं । युनियन लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिने आज सोमबार असार २८ गते अन्तिम दिन हो । यसले असार २४ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । यस आइपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतबार साँझसम्ममा यसमा आवेदन दिने लगानीकर्ताको संख्या १८ लाख नाघेको छ ।

युनियनले प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये ५% (३ लाख २२ हजार ५०० कित्ता) कर्मचारी र ५% (३ लाख २२ हजार ५०० कित्ता) म्युचुअल फन्डको लागि छुट्याइएको छ । बाँकी ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ताको लागि आवेदन दिन सकिनेछ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यस आइपीओलाई इक्रा नेपालले आइआर बीबीबी रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने जनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "युनियन लाइफको आइपीओ भर्ने आज अन्तिम दिन" A few seconds ago

सम्बन्धित खवर