नेपाल र भारतबीच द्विपक्षीय रेल सेवा सञ्चालन गर्ने सहमति – Satabdi News

नेपाल र भारतबीच द्विपक्षीय रेल सेवा सञ्चालन गर्ने सहमति

२५ असार २०७८, शुक्रबार। नेपाल र भारतबीच पहिलोपटक द्विपक्षीय रेल सेवा सञ्चालन गर्ने सम्बन्धी सहमति भएको छ । दुवै देशले आज भएको भर्चुअल हस्ताक्षर कार्यक्रममा यस सम्बन्धी पत्रमा हस्ताक्षर गरेका हुन् । राजदूतहरूको उपस्थितिमा भएको हस्ताक्षर समारोहमा भारत र नेपाल दुवै तर्फका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

यसले सवारीसाधनसहित अन्य विशिष्ट सामग्रीहरू पनि ओसारपसार गर्न सजिलो बनाइदिने विश्वास गरिएको छ । साथै यसले दुवै पक्षलाई लागतमा सहुलियत दिलाउने र कारोबारको प्रभावकारिता पनि बढाउने अपेक्षा गरिएको छ ।

यससँगै अब निजी क्षेत्रले नेपाल र भारतबीच सजिलोसँग सरसामान ओसारपसार गर्न सक्नेछन् । भारतीय रेलवे नेटवर्कमार्फत नेपालको स्वामित्वमा रहेका सरसामानहरू नेपालले भारतलगायत तेस्रो मुलुकमासमेत निर्यात तथा आयात गर्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाल र भारतबीच द्विपक्षीय रेल सेवा सञ्चालन गर्..." A few seconds ago

सम्बन्धित खवर