क्यानडाको तापक्रम अहिलेसम्मकै उच्च, गर्मीबाट २३० जनाको ज्यान गयो – Satabdi News

क्यानडाको तापक्रम अहिलेसम्मकै उच्च, गर्मीबाट २३० जनाको ज्यान गयो

१७ असार, काठमाडौ । क्यानडामा अत्याधिक गर्मीका कारण २३० जनाको ज्यान गएको छ । क्यानडाका अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँको तापक्रम अहिलेसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । तापक्रमका कारण तातो हावा चलिरहेको छ । सोही कारण धेरैले ज्यान गुमाउनु परेको हो । विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका वृद्ध व्यक्तिहरुलाई यो तातो हावाले बढी असर गरेको छ ।

तातो हावाका कारण खासगरी ब्रिटिश कोलम्बिया प्रान्तका नागरिक बढी प्रभावित भएका छन् । उनीहरुमा विभिन्न स्वास्थ्य समस्याहरु पनि देखिएको अधिकारीहरुले जानकारी दिएका छन् । प्राप्त समाचार अनुसार गत मंगलबार मात्र क्यानडाको तापक्रम अधिकतम ४९.६ डिग्री सेल्सियममा पुगेको थियो । यहाँ यो अहिलेसम्मकै उच्च तापक्रम हो ।

यसैगरी, अमेरिकाको उत्तर पश्चिमी क्षेत्रमा पनि तापक्रम निकै बढेको छ । तातो हावाका कारण अमेरिकाका यी क्षेत्रमा पनि केही व्यक्तिको ज्यान गएको छ । तातो हावाका कारण ब्रिटिश कोलम्बिया क्षेत्रमा जनजीवन प्रभावित भएको छ । ब्रिटिश कोलम्बिया प्रान्तको लिटन गाउँमा सबैभन्दा धेरै तापक्रम देखिएको छ ।

उक्त गाउँका स्थानीयहरुका अनुसार अहिले यहाँ मानिसहरु बाहिर निस्किन सक्ने अवस्था देखिएको छैन । क्यानडाको भ्यानकुभरमा मात्रै गत शुक्रबारयता ६५ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनुमा अत्याधिक गर्मी नै प्रमुख कारण रहेको स्वास्थ्य क्षेत्रका अधिकारीको भनाई छ ।

रासस–सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "क्यानडाको तापक्रम अहिलेसम्मकै उच्च, गर्मीबाट २३..." A few seconds ago

सम्बन्धित खवर