नेपालमा पनि कालो ढुसीका विरामीहरु बढ्दै – Satabdi News

नेपालमा पनि कालो ढुसीका विरामीहरु बढ्दै

१७ असार, काठमाडौँ । नेपालमा पनि कालो ढुसीका विरामीहरु बढ्दै गएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म २६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा मात्रै १३ जना कालो ढुसीका बिरामी उपचारका लागि भर्ना भएको अस्पताल स्रोतले जनाएको छ ।

भर्ना भएका मध्ये दुईजनाको अवस्था गम्भिर रहेको छ । समयमै अस्पतालमा नपुग्दा धेरैजना बिरामीमा जटिलता हुनसक्ने र आँखा नै नदेख्ने हुने गरेको चिकित्सकहरुको भनाई छ ।

कालो ढुसी भएका १ जनाले ज्यान गुमाएका छन् भने दुईजनाको आँखा निकालिएको छ । कालो ढुसीका बिरामीलाई दिइने एम्फोटेरिसिन बी नामको औषधिको अहिले अभाव देखिएको छ ।

एम्फोटेरिसिन बीलाई भारतले निर्यात प्रतिबन्धित औषधिको सूचीमा राखेको छ । स्वास्थ्य मन्त्रालयले कालो ढुसीका बिरामीका लागि भन्दै विश्व स्वास्थ्य संगठनसँग ३ हजार भाइल पठाउन आग्रह गरेको थियो । तर, सहजरुपमा उपलब्ध नभएको भन्दै डब्लुएचओले जवाफ दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपालमा पनि कालो ढुसीका विरामीहरु बढ्दै" A few seconds ago

सम्बन्धित खवर