के जसपाका नेतृत्वले यी काम गर्लान् ? भीम राई – Satabdi News

के जसपाका नेतृत्वले यी काम गर्लान् ? भीम राई

भीम राई

दर्शन, विचार, दृष्टिकोण, नीति तथा कार्यक्रम राजनीतिक पार्टीका प्राथमिक शर्तहरु हुन । नीति तथा कार्यक्रमलाई कुन विधीद्धारा कार्यन्वयन गर्ने भन्नका लागी विधान तथा नियमावलीको ब्यबस्था दलहरुद्धारा गरिएको हुन्छ । राजनीतिक दलहरुको आन्तरिक जीवनको लागि विधान राज्यको लागि संबिधान सरह हो । जसको उल्लंघन दण्डनीय मानिन्छ । तर नेपालका कुनै पनिे राजनीतिक पार्टीहरुको निर्णय प्रक्रिया र प्रवृत्ति बैधानिक र संस्थागत प्रकारको छैन् ।

पुराना पार्टीहरुको बिकल्प दिने भनेर बनेका पार्टीको निर्णय प्रक्रिया त सामान्य क्लबले निर्णय गर्दा अपनाउदै गरेको प्रक्रिया जतिको नि बैधानिक बन्न सकेको छैन् । जब पार्टीका निर्णय प्रक्रिया विधिवत र बैधानिक हुदैन्न तब त्यस्ता निर्णयहरुको बैधानिकता माथि प्रश्न उठछ ? यस्ता निर्णयहरु कार्यक्षेत्रमा कार्यन्वयन गर्दा बिबाद रहित हुन सक्दैनन् । यस्ता निर्णयहरुले तल्ला तहसम्म पनि विबादहरुलाई मलजल गर्न सहयोग पुग्दछ ।

दलिय ब्यबस्था भएको देशमा राज्य संचालन दलहरुको माध्यमबाट हुने भएकोले सरकार संचालनको प्रभावकारिता पनि दलको प्रभावकारी संचालन र ब्यबस्थापनबाट पनि सामान्यत अन्दाज गर्न सकिन्छ । पार्टी संचालन भनेको कार्यकर्ताहरुको क्षमताको प्रभावकारी प्रयोग पनि हो । कार्यकर्ताको प्रभावकारी प्रयोगको अर्थ काम लर्गाउनु मात्रै होइन । उसको क्षमता बिकाश गर्न सहयोग गर्नु र उसका कमजोरीहरुलाई चिन्न मद्दत गर्नु, समस्याहरुलाई हल गर्न मद्दत गरि जिम्मेवारी दिनु र कमी कमजोरीहरुलाई सुर्धान मद्दत गर्नु पनि हो । कार्यकर्तालाई डर र त्रासका आधारमा जिम्मेवारी पुरा गर्न बाध्य पार्ने र जिम्मेवारी पुरा नगर्दा दण्डित गर्ने कामले कार्यकर्ताको आत्मबिश्वास र क्षमता बढोत्तरी गर्न मदत गर्दैनन्न । नेतृत्वले बिचार निर्माण गर्नु र बिचारलाई स्थापित गर्न तत् अनुरुपको नीति तथा कार्यक्रमको तजुर्मा गर्नु पनि मुख्य र महत्वपुर्ण काम हो । तर निर्मित नीतिहरुलाई कार्यन्वयन गर्न योग्य क्षमतावान र कुशल कार्यकर्ता पनि हुन सक्नु पर्छ । निर्मित नीतिहरुलाई आम जनताको बीचमा स्थापित गराउने काम स्थानीय कार्यकर्ताको मध्यामबाट हुने भएकोले स्थानीय तहका कार्यकर्ताको बिश्वास जित्ने ब्यबहार र कार्यशैलि साथै नेतृत्वप्रति पुर्णबिश्वासका साथ काम गर्ने वातावारण निर्माण गर्नु नेतृत्वको महत्त्वपूर्ण जिम्मेवारी हो । नेतृत्वले सबै कार्यकर्ता प्रति समान ब्यबहारद्धारा मात्रै यस्तो बिश्वास वाताबरण निर्माण गर्न सक्दछ । कामको जिम्मगरी दिंदा स्पष्ट दृष्टिकोण र कार्यक्रमको महत्वका बारेमाप्रष्टसंग बुझाएर जिम्मेवारी दिनु उपयुक्त हुन्छ । अझै समाजबादी पार्टी र आफुलाई त्यसको नेता दाबी गर्ने पार्टीले त बिल्कुल विधि पुर्बक बैधानिक निर्णयहरुको पक्षमा आफुलाई उभ्याउनु पर्दछ । समाजबादको विकाश नै ब्यक्तिबादका बिरुद्ध, समाजको आर्थिक, सामाजिक रुपान्तरण गर्नु र ब्यक्तिगत नियन्त्रणको ठाउँमा सामाजिक नियन्त्रणको उद्देश्यले समाजबादको स्थापना भएको हो ।

नेपालमा, सिद्धान्त र मान्यताका आधारमा हेर्ने हो भने थुप्रै राजनीतिक दलले समाजबादलाई आफनो राजनीति अभिष्ठ बनाएर राजनीतिक दल गठन गरेका छन् । ती राजनीतिक दलहरु मध्य पछिल्लो समयमा समाजबादी पार्टी नामै राखेर जनता समाजबादी पार्टी स्थापना गरिएको छ । जसले आफनो संगठनात्मक सिद्धान्तलाई लोकतान्त्रिक अकेन्द्रिकरण मानेको छ । सगठन भनेको पार्टीलाई जनताको बिचमा पुर्याउने माध्यम हो । विना संगठन हाम्रो जस्तो पक्षधर बोक्ने संचार क्षेत्र, राजनीतिक प्रभाबित बौद्धिक समुदाय, सरकारद्धारा नियंत्रित पेशागत संगठनहरु, निस्पक्ष काम गर्न नस्कने, सामाजिक संघ संस्था भएको मुलुकमा नया बिचार र दृष्टिकोण बोकेको राजनीति दलले आफ्नो राजनीतिक प्रभाब स्थापीत गर्न गार्‍हो हुन्छ । कतिपय विकसित मुलुकमा पार्टीका तहगत संगठनात्मक संरचना निमार्ण गर्ने मान्यता खण्डित भईसकेको छ । पार्टीका तहगत संरचनाले लोकतन्त्रलाई होइन पार्टीतन्त्रलाई बलियो बनाउन्छ भन्ने मान्यता राखिन्छ । हाम्रो जस्तो राजनीतिक संकार बोकेको मुलुका पार्टीका तहगत संगठनात्मक संरचना बिनाको लोकतान्त्रिक शासन ब्यबस्थाको कल्पना गर्ने कुरा समय भन्दा धेरै अगाडि हुन्छ । जब संगठनको तहगत संरचनाको अस्तित्व हून्छ त्यहा संगठित हुने कार्यकताको आवश्यकता पर्दछ ।

नेपालाको सन्दर्भमा, पार्टी कमिटिमा संगठित कार्यकर्ता गुटलाई आवश्यकता परेका बेला प्रयोग गरिने बधुवा मजदुरको नयां रुप होे । नेपालका राजनीतिक दलहरुमा देखा परेका यस्ता संगठनात्मक समस्याहरुको बिचमा जसपाले आफुलाई संगठित गरिरहेको छ । आफ्नो पार्टीका निर्णयहरुलाई संस्थागत बैधानिक र कार्यकर्ता अनुमोदित बनाउने चुनौतिको संगठनात्मक ब्यबस्थापन कसरी गर्ने ? जिम्मेवारी दिन्दा कार्यकर्ताको क्षमतालाई कुशलतापुर्बक उपयोग गर्ने वाताबरण बनाउछ कि बनाउदैन जस्ता प्रश्नहरुको उत्तर जसपाका कार्यकताहरुले संगठनको संचालनका मध्यामबाट खोजिरहेका छन । जसपाको पार्टीका नीतिहरु कार्यकर्ताहरुको सहभागीतामा कुनैै पनि बैधानिक प्रक्रियाबाट अनुमोदित भएका छैनन् । जसपामा यो लेख लेखिरहेको मिती सम्म तर्दथमा चलिरहेको छ । जनता अनुमोदित पार्टी बनाउने बिषय नीति, उदेश्य, सिद्धान्त जतिकै महत्व राख्ने कार्यकर्ताका्े ब्यबस्थापनको पक्षले पनि प्रभाबित पार्दछ । अपेक्षा गरौं, जसपाले नेपाली राजनीतिक दलमा देखा परेका नेतृत्व निर्माण कार्यकताको ब्यबस्थापन जस्ता समस्याहरुको ब्यबस्थापन सामुहिक ढंगले समाधान गर्ने चौडा बाटो निर्माण गर्नेछ ।

(लेखक: राई जसपा नेपालको केन्द्रीय सदस्य हुन ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "के जसपाका नेतृत्वले यी काम गर्लान् ? भीम राई" A few seconds ago

सम्बन्धित खवर