कमिसोन खोरी बजेट मान्य हुँदैन : मेयर फागो – Satabdi News

कमिसोन खोरी बजेट मान्य हुँदैन : मेयर फागो

१० असार, उर्लाबारी । उर्लावारी नगरपालिकाका मेयर खड्ग फागोले ९७ प्रतिशत जनप्रतिनिधि भ्रष्ट र कमिसनखोर रहेको दाबी गरेका छन् । कांग्रेस,एमालेका ९७ प्रतिशत जनप्रतिनिधिहरु भ्रष्ट र कमिसनखोर रहेको बताएका हुन् । बुधबार उर्लावारी नगरपालिकाको कार्यापालिका बैठकमा जनप्रतिनिधिहरुले एक पक्षीय ढंगले योजनाहरु छनोट बनाएको भन्दै उनी बैठकबाट बाहिरिएका थिए ।

जनताले तिरेको कर टुलुटुलु अनियमित तरिकाले बनाइएको बजेट बैठकमा पेस गरिएको भन्दै मेयर फागोले असन्तुष्टि जनाएका हुन् । जनताले करण तिरेपछि उनीहरुले आभास हुने किसिमको बजेट बनाउनुपर्नेमा वडाध्यक्षहरु र उपमेयरले आफु अनुकुलको बजेट बनाएको उनको भनाइ छ । जनताले पिउन पाउनुपर्ने स्वच्छ पानी दिनका लागि आफूले योजना बनाउँदा त्यसलाई वडाध्यक्षहरु र उपमेयर मिलेर परिवर्तन गरेको उनको भनाइ छ ।
मेयर फागोले भने,’महलमा बस्नेहरुले पानी पाइरहेका छन् गरिब जनताले बाँच्न पाउने अधिकार हुन्छ । स्वच्छ पिउने पानी नैसर्गिक अधिकार हो नि ! २ रात १२ बजे रातिसम्म कर्मचारीहरुसँग बसेर बजेटमा गरिबहरुलाई निःशुल्क धारा जडानमा सहुलियत र छुटमा जडान गर्ने भनेर बजेट राखिएको थियो । सबै काटिदिएका छन् । हुने खानालाई गाडी धुन पानी छ,नहुनेलाई शेद्ध खानेपानी पनि पाईएको छैन ।’

आफूले उज्यालो अभियान,सञ्चार क्षेत्र लगायत अन्य विविध क्षेत्रमा विनियोजन गरेको बजेट ९ वटा वडाध्यक्षहरु र उपमेयर मिलेर काटिदिएको उनको भनाइ छ ।

धारा जडानमा विनियोजन गरिएको रकमलाई पाइप खरिद गर्नका लागि छुट्टाइएको भन्दै उनले विरोध गरे ।उनले भने,’पाइप खरिद गर्नका लागि कमिसन आउने हुन्छ सबैले त्यस्ता बजेटमा हस्ताक्षार गरेका छन् । नगरपालिकाबाट टेन्डर प्रक्रियाबाट योजना भन्दा उपभोक्ताबाटै खरिद गर्न पाउनु पर्ने किसिमका योजनाहरु बजेटमा छन् । यस्ता योजनाहरुमा बढी कमिसन आउँछ,त्यही भएर यस्तै योजनालाई प्राथमिकता दिएकाले मैले विरोध गरेको हुँ ।’

‘५ युनिटसम्म चलाउनेलाई निःशुल्क पानी दिने मेरो योजना हो,’ फागोले मंगलबारे पेजसँग भने,’स्रोत बढाउने र आम्दानी बढाउने कुरामा कुनै वडाध्यक्षहरु लागेका छैनन् । अधिकांसको ध्येय कमिसनमै केन्द्रीत छ ।’

गरिब दुःखीहरुका लागि धारा जडानका लागि नगरपालिकाले आदि ब्यहोरिदिने भन्ने हिसाबले बजेट छुट्टयाएपनि पाइप किन्ने भनेर निर्णय गरेको उनको भनाइ छ । पाइप संघीय सरकार, खानेपानी मन्त्रालय र खानेपानी विभागले निःशुल्क उपलब्ध गराउने भएकाले धारा जडानमा आफूले प्राथमिकता दिन खोजेको उनको भनाइ छ ।

यस वर्ष अनउत्पादक क्षेत्रमा जाने ३ करोड १५ लाख ६१ हजार रुपैयाँ नियन्त्रण गरेर आफू अगाडि बढेको पनि बताए ।

‘खानेपानी र बिजुली बत्ती जडान गर्दा म एक्लै गएँ । कुन चाँही वडाध्यक्षहरुले साथ दिए ?,’ फागोले गुनासो गर्दै भने,’अक्सिजन सिलिन्डर जडान गर्ने बेला पनि एक्लै खटेँ । काँधमा हालेर बोकेर पुर्याएँ सिलिन्डर । कुनै वडाध्यक्षहरु देखा परेनन् । चिया नास्ता र भ्रमण भत्तामा मात्रै उनीहरुको ध्यान छ । सबै भत्ताहरु मैले काटिदिएपछि उनीहरुले बजेट परिवर्तन गरिदिएँ । ‘

परिवर्तनका लागि आफू एक्लो भए पनि तयार रहेको उनले बताए । ‘९७ प्रतिशत जनप्रतिनिधिहरु सबै भ्रष्टाचारहरु कमिसन खोर छन् । सबै कमिसन आउने बजेट बनाएर काम गर्छन्,’ उनले भने,’ म सत्यको पक्षमा लड्छु । एक्लै भएपनि सुरुवात गर्छु । यो लोभी पापी दुनियाँलाई आफूदेखि सुरुवात गर्छु । कमिसनखोर विरुद्ध आवाज उठाउछु ।सबैसँग लड्छु । सत्यसँग लड्दा जनताको साथ हुन्छ । ‘

मंगलबारको योजना अनुगमन तर्जु समितिको बैठकले स्रोत अनुमान तथा सिमा निर्धारण समितिले दिएको कार्यक्रम तथा बजेटलाई परिवर्तन गर्दै अर्को बजेट बनाएर विनियोजन गरेको थियो । ६ जना वडाध्यक्ष राख्नुपर्नेमा ९ वटै वडाध्यक्षहरुको बैठकबाट निर्णय गरिएको मेयर फागोले बताए ।

‘योजना तर्जुको बैठकले बजेटलाई प्राथमिकरण गर्नुपर्ने हो । आवश्यकता दर्साएर कार्यापालिकालाई दिने,’ उनले भने,’ सबै वडाध्यक्षहरुलाई बोलाउनुपर्ने जरुरी थिएन।’

बुधबारको कार्यापालिकाको बैठकमा समितिले गरेका निर्णयहरु टेबुल भएपछि मेयर फागोले असन्तुष्ट जनाएका थिए । सबै वडाध्यक्षहरु र उपमेयरहरुले एकलौटी गरेको,गरिब दुःखीको हितमा हुने बजेट कटौती गरेको भन्दै मेयर फागोले आपत्ति जनाउँदै बैठकबाट बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कमिसोन खोरी बजेट मान्य हुँदैन : मेयर फागो" A few seconds ago

सम्बन्धित खवर