सर्वोच्चको अन्तरिम आदेशमा, मन्त्रीपरिषद विस्तार गरिएको१८ दिनमै पदमुक्त भए २१ मन्त्री – Satabdi News

सर्वोच्चको अन्तरिम आदेशमा, मन्त्रीपरिषद विस्तार गरिएको१८ दिनमै पदमुक्त भए २१ मन्त्री

८ असार, काठमाडौ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । यो आदेशसँगै उपप्रधानमन्त्री राजेन्द्र महतोसहित २१ मन्त्री पदमुक्त भएका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले ३० जेठमा प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि त्रिपाठीको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशअघि गम्भीर छलफल गर्न दुवै पक्षलाई ८ असारमा बोलाउने आदेश दिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठ मध्यराति प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री ओलीले जसपा र आफ्नै पार्टी एमालेका नेताहरुलाई समेटेर २१ र २७ जेठमा गरी दुई पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सर्वोच्चको अन्तरिम आदेशमा, मन्त्रीपरिषद विस्तार..." A few seconds ago

सम्बन्धित खवर