बोयर काण्ड छानविन समितीमा प्रतिनिधि नपठाउने ऐमाले बेलबारीको निणर्य : विज्ञप्ती सहित – Satabdi News

बोयर काण्ड छानविन समितीमा प्रतिनिधि नपठाउने ऐमाले बेलबारीको निणर्य : विज्ञप्ती सहित

बेलबारी। बोयर प्रजातिको बोकापाठी खरिद विषयमा बेलबारी नगरपालिकाले बनाएको छानविन समितिमा एमालेले प्रतिनिधि नपठाउने भएको छ ।

अष्ट्रेलियन बोयर बोकापाठी खरिद गरिएको बोकापाठीहरु नेपालकै कुनै स्थानबाट खरिद गरिएको प्रमाणित भए पछि सो विषयमा चौतर्फी बिरोध र प्रश्नहरु उठे पछि नगरपालिकाले दलिय सहभागिता सहितको छानविन समिति बनाउने निणर्य गरेको थियो ।

उक्त छानबिन समितिमा नेकपा एमाले बेलबारी नगर कमिटिको तर्फ बाट प्रतिनिधिको रुपमा नेता कृष्ण गुरुङलाई पठाएपनि सत्तारुढ दलका हिसाबले समितिमा रहनु उपयुक्त नहुने भन्दै प्रतिनिधि नपठाउने निणर्य गरेको हो ।

सम्झौता अनुसार शुद्ध बोयर नभएको ठहर गरेरै बेलबारी नगरपालिकाले उक्त सम्झौता रद्द गरेर थप कानुनी कार्वाहीका लागि सिफारिस गरिसकेको, २०७८/०२/३० गते आवस्यक छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यलय, इटहरीमा लिखित उजुरी दर्ता भइसकेको र आयोगले छानविन प्रक्रिया अगाडी बढाइसकेको सन्दर्भमा एउटा जिम्मेवार राजनैतिक दलको हैसियतले उक्त आयोगलाई स्वतन्त्र र निष्पक्ष छानविन गर्ने वातावरण प्रदान गर्नु पर्ने दायित्व भएको बिज्ञप्तीमा उल्लेख छ । बिज्ञप्तीमा आयोगले चाडो सत्यतथ्य छानविन गरि दोषीलाई अविलम्ब कानुनी दायरा भित्र ल्याइ कार्वाही गर्न/ गराउन माग गरिएको छ।

अध्यक्ष रविन थापाको निर्देशनमा कार्यलय सदस्य कृष्ण गुरुङको हस्ताक्षर सहित जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बोयर काण्ड छानविन समितीमा प्रतिनिधि नपठाउने ऐमा..." A few seconds ago

सम्बन्धित खवर