थप २ हजार ९१८ जनामा संक्रमण पुष्टि, ५३ जनाको मृत्यु – Satabdi News

थप २ हजार ९१८ जनामा संक्रमण पुष्टि, ५३ जनाको मृत्यु

३१ जेठ, काठमाडौं । नेपालमा थप २ हजार ९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार सोमबार ९ हजार ४३८ जनाको पिसिआर र ५ हजार ३८१ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख १० हजार ५२१ पुगेको छ । जसममध्ये ५ लाख ३६ हजार २५२ जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाकै कारण ५३ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ८ हजार ४६५ जनाको मृत्यु भएको छ । यता पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "थप २ हजार ९१८ जनामा संक्रमण पुष्टि, ५३ जनाको मृ..." A few seconds ago

सम्बन्धित खवर