गजल; तिला लेकाली – Satabdi News

गजल; तिला लेकाली

तिला लेकाली

झुक्याइरहे धेरै पल्ट कालुहरुले
खैत फेरि काम गरेनन् लालुहरुले

उहिपारा फेरि धनकै कुम्लो बनाए
पटक पटक ठगे सिपालुहरुले

भने देश बनाएँ तर आफैँ बनिँए
ताज महल नै बनाए चालुहरुले

मकै खाए धान कोदो गहुँ पनि खाए
जस्तो खाए उस्तै फाले यी भालुहरुले

सम्याएनन् पहाड आफ्नै दुनु सोझ्याए
फेरि खासै केही गरेनन् ठालुहरुले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गजल; तिला लेकाली" A few seconds ago

सम्बन्धित खवर