बहुलतालाई केवल झाँकीका रूपमा होइन, राज्यले व्यवस्थामा सम्बोधन गर्ने हो; राजन मुकारुङ – Satabdi News

बहुलतालाई केवल झाँकीका रूपमा होइन, राज्यले व्यवस्थामा सम्बोधन गर्ने हो; राजन मुकारुङ

“बहुल राष्ट्रीय राज्य”का पक्ष/बिपक्षमा निरन्तर बहस चलिरहेकै हो, छ । होला, कहिले उछाल भयो, कहिले सुषुप्त । हाम्रा सबैका आ-आफ्नै बुझाइहरू होलान्, कति बुझाउन नसकिएका होलान्, बुझाउनुपर्ने होला, बुझ्नुपर्ने होला । कुनै बेला “गणतन्त्र” सम्भव नै छैन भन्नेहरू अहिले गणतन्त्रकै शासकीय खाइपाइ गरिरहेकै छन् । “सङ्घीयता”का कट्टर विरोधीहरू सङ्घीय व्यवस्थामै आफूलाई उभ्याइरहेकै छन् । हामीले नै लडिल्याएको लोकतन्त्र र गणतन्त्र हो । अभ्यास जारी छ, रहन्छ । राजनीतिलाई वैचारिक बहसहरूले नै गतिशील बनाउने हो । बहस त जति पनि गरुङ न !

अहिले राजेन्द्र महतोको “बहुल राष्ट्र”को अभिव्यक्तिलाई लिएर उनका गलत राजनीतिक प्रवृत्ति र हर्कतहरूका पछिपछि दगुर्ने दुस्साहस त गर्दै गरिन्न । न उनको पुत्ला दहन गर्ने हतारो नै गरिन्छ । यो विषयको बहसको सान्दर्भिकता नै सकिएको हो, भनेर कसैले भन्छ भने त्यो दुर्घटनाग्रस्त मनोविज्ञान हो । क्षणभरको “भावोत्तेजक राजनीति” गरेर स्याबासी कमाउने खेल नगरौं ! मात्रै मैले यो “बहुल राष्ट्रको बहस थाल्या हुँ” भनेर अरूलाई चाहिँ अजानकार, अज्ञानी पनि नबनाऔं । नेपाली समाजको बनोट जे छ, त्यो आज कसैले स्विकार गर्दैनन् होला, भोलि त स्विकार गर्नै पर्छ । दलाल पुँजीवादी व्यवस्थाका दुईचार जना गफाडीहरूले केही समय फसाउलान्, सधैं त सक्दै सक्दैनन् ।

नेपाली समाज बहुल छ । यसो भएपछि यहाँ दृष्टिकोणहरू बहुल हुने भैहाल्छ । यो बहुलतालाई केवल झाँकीका रूपमा होइन, राज्यले व्यवस्थामा सम्बोधन गर्ने हो । नीतिका बुँदाहरूमा मात्रै होइन, असल नियतका साथ व्यवहारमा प्रकट गर्ने हो । बहुलतालाई त “नेपाली सौन्दर्य”का रूपमा पो प्रयोग गर्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बहुलतालाई केवल झाँकीका रूपमा होइन, राज्यले व्यव..." A few seconds ago

सम्बन्धित खवर