सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीकोे मृत्यु – Satabdi News

सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीकोे मृत्यु

३० वैशाख २०७८, बिहीबार । सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । स्विट्जरल्यान्डका आरोही अब्दुल वाहिड वारैच र अमेरिकी आरोही लिउ पुवेईको आरोहणकै क्रममा बिहीबार मृत्यु भएको सगरमाथा आधार शिविरका  सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उनीहरू ट्राभल एजेन्सी सेभेन समिटबाट सगरमाथा आरोहणका लागि गएका थिए । 

स्विट्जरल्यान्डका वारैच समिट गरेर साउथमा आएर बसेका थिए । त्यहाँबाट उठेर हिँड्न नसकेका उनको बसेकै ठाउँमा मृत्यु भएको हो । त्यहाँ शेर्पा पठाउँदासमेत जान नसकेको श्रेष्ठले बताए ।

अमेरिकन आरोहीको हिलारी स्टेप पुगेपछि स्नोब्लाइन्ड भएको र क्याम्प ४ मा ल्याउँदै गर्दा मृत्यु भएको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीकोे मृत्यु" A few seconds ago

सम्बन्धित खवर