गण्डकी प्रदेशको मुख्यमन्त्रीमा : पृथ्वी सुब्बा गुरुङ पुन नियुक्त – Satabdi News

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा : पृथ्वी सुब्बा गुरुङ पुन नियुक्त

२९ वैशाख २०७८, बुधबार । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराइन् ।

गुरुङले वैशाख २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी पेश गर्न आह्वान गरेकी थिइन् ।

बुधबार नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई चार दलका ३१ सांसदको समर्थन रहेको भनी दावी पेश गरेका थिए । तर प्रदेश प्रमुख पौडेलले पोखरेलको दावी नपुग्ने भन्दै संविधानको धारा १६८ (३) अनुसार गुरुङलाई अल्पमतको सरकारको मुख्यमन्त्रीको रुपमा नियुक्त गरेकी हुन् ।

अब मुख्यमन्त्री गुरुङले एक महिनाभित्रमा प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गण्डकी प्रदेशको मुख्यमन्त्रीमा : पृथ्वी सुब्बा ..." A few seconds ago

सम्बन्धित खवर