शुसिला निनाम
खेल्दा खेल्दै खेलौना मा
जब साथी संग झगडा हुन्थ्यो
म दौडेर तिमिलाइ सुनाउन आउथे
डर लाग्दो किरा जनावर देख्दा
म तिम्रै काख मा आइपुग्थे
तिम्रो काख भन्दा
अन्त म आफुलाइ सुरक्षित महसुस गर्नै सक्दिन्थे
मलाई तिमी शक्तिशाली लाग्थ्यौ आमा
मेरो हर समस्या को समाधान
तिमिले गरिदिन सक्छौ लाग्थ्यो ।
तर होइन रैछ
अहिले बुझ्दैछु
आमा तिमी त निरीह रहिछौ
तिमिलाई महान शब्दले
बर्षौ देखि दमन गरिरहेको रैछ
शोषण गरिरहेको रैछ
आमा महान हुन्छिन !!
यहि महान अक्षरले
तिमिलाइ निरीह बनाइरहेको रैछ
हरेक महिना छाउगोठमा
अपबित्र भएर बस्ने तिमी
तिम्रै अपबित्र पाठेघर मा ९ महिना बसेर
अपबित्र योनी बाट जन्मेको दाजु चै
कसरी पबित्र वंश धान्ने छोरा भयो आमा ?
के महिनै पिच्छे अपबित्र भएर
छाउगोठ बस्नु महान हो ?
कि
अगेना र जुठेल्नु को
परीधी मा खुम्चिएर बस्नु
महान हो ?
रहर, इच्छा, खुसीलाई
बन्धक बनाएर राख्नु महान हो ?
कि
पीडा र वेदना को पहाड
चुपचाप सहनु महान हो ?
आमा म संग प्रश्नै प्रश्न छ
दुनियाँ ले तिमिलाइ महान भन्दै
दमन शोषण गरिरहेको छ
तर
आमा मैले तिमिलाइ महान मान्न सकिन
तिमि माथी म
दमन शोषण गर्नै सक्दिन
आमा तिमिलाइ
जुनदिन त्यो दलानको
एकथान बचेरा कोरल्ने गौथली जस्तै
पबित्र स्वतन्त्र देख्छु
त्यही दिन मेरो आमा महान भन्नेछु म । क