व्याडमिन्टनको उपाधि हंश र उत्तमलाई – Satabdi News

व्याडमिन्टनको उपाधि हंश र उत्तमलाई

बैशाख २६, मोरङ ।  मोरङ उलाबारी उर्ललाबारी संचालित प्रथम वडा स्तरीय नकआउट व्याडमिन्टन प्रतियोगिताको उपाधि वडा नं. ५ का हंश फागो र उत्तम मगरले जितेका छन् । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै शनिबार सम्पन्न प्रतियोगिताको फाइलनमा वडा नं. ३ का कृष्णराज गिरी र राजनहाङ लावतीलाई पराजित गर्दै फागो र मगरले उपाधि जितेका हुन् ।

उपाधिसँगै उनीहरुले नगद २० हजार, ट्रफी र मेडल प्राप्त गरे । उपविजेता गिरी र लावतीले १० हजार तथा तेस्रो स्थान प्राप्त गरेका वडा नं. १ का मानबहादुर तामाङ र जितबहादुर राईले नगद ५ प्राप्त गरे ।

यस्तै, भेट्रानतर्फको उपाधि पनि वडा नं. ५ ले जितेको छ । वडा नं. ५ का लालबहादुर मगर र कमल शाक्यको जोडीले भेट्रानतर्फको उपाधिसहित नगद १० हजारसहित ट्रफी, मेडल प्राप्त गरे । भेट्रानतर्फ दोस्रो वडा नं. ६ का मेघराज बस्ने र भोजराज मगर तथा तेस्रो वडा नं. ८ का अर्जुन लिम्बू र राजकुमार भट्टराईले क्रमशः नगद ५ हजार र नगद ३ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।

उर्लाबारी नगरपालिकाको सहयोग तथा उर्लाबारी व्याडमिन्टन क्लबको आयोजनामा उर्लाबारी–८ दुर्गापुरीस्थित कवर्ड हलमा सम्पन्न प्रतियोगिताका विजेताहरुलाई क्लबका सल्लाहकार तथा जग्गादाता जीवन आचार्यलगायतले पुरस्कार वितरण गरेका थिए । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा उर्लाबारीका सबै वडाका टिमको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "व्याडमिन्टनको उपाधि हंश र उत्तमलाई" A few seconds ago

सम्बन्धित खवर