सुनसरीमा वैशाख मसान्तसम्म पूर्ण निषेधाज्ञा जारी – Satabdi News

सुनसरीमा वैशाख मसान्तसम्म पूर्ण निषेधाज्ञा जारी

२१ वैशाख, इटहरी ।  सुनसरीमा वैशाख ३१ गतेसम्म निषेधाज्ञा हुने निर्णय भएको छ । आज बसेको बैठकले आगामी वैशाख ३१ गतेसम्म लागू हुनेगरी निषेधाज्ञा भएको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीले २४ गतेसम्म मात्रै निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।खाधान्नको समानहरु खरिद गर्नको लागि बिहान ११ बजे सम्मको समयलाई घटाएर बिहान १० बजे सम्म गरिएको छ।

यसअघि जोरबिजोर प्रणाली लागू गरेपनि अब भने जोरबिजोर प्रणाली समेत हटाइएको छ । अत्यावश्यक बाहेक हिँडडुलमा पूर्ण रोक लगाइएको प्रशासनले जनाएको छ ।

निषेधाज्ञाको उलङ्घन गर्ने व्यक्तिलाई सङ्क्रमण ऐन २०२० स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सुनसरीमा वैशाख मसान्तसम्म पूर्ण निषेधाज्ञा जारी" A few seconds ago

सम्बन्धित खवर